Logo

‘हामी भोलिदेखि प्रधानमन्त्री ओलीको राजिनामा माँग्छौं’



काठमाडौं, १० भदौ । चर्चित हाँस्यकलाकार एवम् निर्मात्री दिपाश्री निरौलाले आफू भोलि दिपकराज गिरीसँग विवाह गर्ने तयारीमा जुटेको खुलासा गरेकी छिन् ।

आज राति ८ः०५ बजे हिमालय टेलिभिजनबाट प्रशारण हुने ‘धमलाको हमला’ कार्यक्रममा बोल्दै उनले यस्तो बताएकी हुन् । तर, उनले आफूहरुको विवाह भने रियलमा नभएर रिलमामात्रै सिमित हुने पनि स्पष्ट पारेकी छिन् । भोलिदेखि सुरु हुने गाईजात्रे महोत्सवमा आफूले दिपराजसँग विवाह गरेको सिन रहेको निरौलाको भनाई छ ।

यद्धपी उनले आफू नेपालको कानून बाधक नभई दिएको भए रियलमै दिपकराज गिरीसँग विवाह गर्ने तहसम्म पुगेको पनि जनाएकी थिईन् । उनले भनेकी छिन्,‘कानून बाधक भएकै कारण मैले उहाँसँग विवाह गर्न पाईँन् । तर, एउटा कुरा के सत्य हो भने म त उहाँसँगै हिँडेको छु । उहाँजस्तो पुरुष सायदै होलान् । दिपकराज गिरीलाई भेट्नेहरु विवाह नै गर्ने सोचमा पुग्छन् ।’

उनले गाईजात्रामार्फत आफूहरुले प्रधानमन्त्री केपी शर्मा ओलीको राजिनामा माँग्नेसमेत जानकारी दिईन् । निरौलाले भनिन्,‘प्रधानमन्त्री ओलीले काम गर्न सकेनन् । त्यसैले हामी भोलिदेखि उहाँको राजिनामा माँग्छौं ।’

फरक प्रसँगमा उनले महिलामाथि हुने हत्या, हिंसा र बलात्कारका घट्नाहरु बढ्न दुःखद भएको बताउँदै बलात्कारीलाई अब मृत्युदण्ड दिनुपर्ने बताईन् ।



प्रतिक्रिया दिनुहोस्