Logo

तारादेवीद्धारा राष्ट्रिय कीर्तिमान



काठमाडौँ । इण्डोनेसियमा जारी १८औँ एशियाली खेलकूदअन्तर्गत भारोत्तोलनको महिला ७५ केजीमा नेपालकी तारादेवी पुनले आइतबारतीन वटा नयाँ राष्ट्रिय कीर्तिमान बनाउन सफल भएकि छन् ।

यसअघि स्न्याचमा ताराको नाममा ७३ केजीको कीर्तिमान थियो । बाह्रौँ दक्षिण एशियाली खेलकूद साग की कांस्य विजेता ताराले आफ्नै नाममा रहेको कीर्तिमानमा सुधार गर्ने क्रममा स्न्याचमा ७४ केजी, क्लिन एन्ड जर्कमा १०१ केजी र कूलमा १७५ केजीको भारवहन गरिन् ।

पहिलो लिफ्टमा ७० केजी उठाएकी तारा दोस्रो लिफ्टमा ७४ केजी भार वहन असफल रहिन् । तेस्रो लिफ्टमा मात्र तारा ७४ केजी वजन उचाल्न सफल भएकी थिइन् । ताराले स्न्याचमा तेस्रो लिफ्टमा कीर्तिमान रचेकी हुन् ।

तारासहित चार खेलाडीले भारोत्तोलनमा प्रतिस्पर्धा गरेका थिए । त्यसमा सञ्जु चौधरी र कमलबहादुर अधिकारीले पनि राष्ट्रिय कीर्तिमान बनाए भने विकास थापा राष्ट्रिय कीर्तिमान बनाउन असफल भएको राखेपले जनाएको छ ।यो सङ्गै भारोत्तोलनमा नेपालको प्रतिस्पर्धा सकिएको छ ।



प्रतिक्रिया दिनुहोस्