सुम्निमा उदासले राहुल गान्धीसँग डिनर गरेको बुवाद्धारा पुष्टि

0
Shares

काठमाडौं, १६ भदौ । मानसरोवर जाने क्रममा नेपालको काठमाडौंलाई ‘ट्रान्जिट’ बनाएका भारतीय कांग्रेस आईका अध्यक्ष राहुल गान्धीको नेपालका एक उदास परिवारसँग विशेष सम्बन्ध रहेको खुलासा भएको छ ।

काठमाडौं बसाईको क्रममा गान्धीले बर्माका लागि नेपाली राजदुत भीमकृष्ण उदासकी सुपुत्री सिएनएनकी पूर्व पत्रकार सुम्निमा उदाससँग ‘डिनर–मिटङ’ गरेको स्वयम् राजदुत उदासले पत्रकार ऋषि धमलालाई जानकारी दिए ।

पत्रकार धमलासँगको कुराकानीमा उनले भने,‘हो, हिजो म र सुम्निमाले राहुलजीसँग डिनर गरेका हौं । उहाँसँग छोटो मिठो कुराकानी भयो । नेपाल–भारत द्धिपक्षीय सम्बन्धको बारेमा समेत संक्षिप्त कुराकानी भएको थियो ।’

उनका अनुसार राहुल दुई जना साथीसहित मानसरोवरको धार्मिक यात्रामा निस्किएका हुन् । राहुलसँग यात्रामा निस्किएकामध्ये एक जना उनका निजी चिकित्सक हुन भने अर्का चाही बलिउडका सपुरस्टार अमिताभ बच्चनका आफन्त छन् । आफूहरुसँगको डिनर मिटिङमा राहुलसँगै ती दुवै साथीपनि सहभागी रहेको उदासले सुनाए ।

राहुल डिनर भने लाजिम्पाट उत्तरढोकामा रहेको भुटु फुड बुटिक रेष्टुराँमा गरेका थिए । राहुलले रेस्टुरेन्टमा नेवारी मिट प्वाटर, दार्जि्लिङ मःमः, चिकेन कुरकुरे तथा बँदेलको मासु खाएको सञ्चालक डिजे राजु सिंहले पत्रकार ऋषि धमलालाई जानकारी दिए

राहुलले मानसरोवर यात्रामा निस्किँदा काठमाडौंलाई ट्रान्जिट बनाउनुमा सुम्निाको भूमिका र कारण महत्वपूर्ण मानिएको छ । भारतीय सञ्चारमाध्यमहरुका अनुसार राहुल र सुम्निमाबीच पूरानै सम्बन्ध हो ।

सिएनएनमा कार्यरत रहँदा सुम्निमाको नाम राहुलसँग जोडिएकोमात्रै थिएन, उनीहरु गहिरो प्रेममासमेत रहेको कुरा भारतीय मिडियामा चर्चा भएको थियो । सुम्निमाले लामो समय दिल्लीमा बसेर सिएनएनमा काम गरेकी थिईन्। सुम्निमा अहिले नेपालमा अन्तर्राष्ट्रिय बुद्धिष्ट संग्राहलय बनाउने परियोजनाका साथ सक्रिय छिन् ।