Logo

यसकारण फेरी चर्चामा छिन शाहरुखकी छोरी सुहाना !



काठमाडौं । आफ्ना तस्वीरका कारण चर्चामा रहिरहने सुहाना खान एकपटक फेरि चर्चामा छिन् । सुहाना इन्स्टाग्राममा पनि सक्रिय छिन् र नयाँ नयाँ फोटोहरु पोस्ट गरिरहन्छिन् ।

यसपटक भने उनी भिडियोका कारण चर्चामा आएकी हुन् । बलिउडका बादशाह शाहरुख खानकी छोरी सुहाना भिडियोमा युरोपमा मस्ती गरिरहेकी देखिएकी छिन् । उनको यो मस्तीमा उनकी एक साथी पनि सहभागी छिन् ।

यसअघि सुहाना भोग म्यागजिनको लागि फोटोसुट गरेर चर्चामा थिइन् । यस क्रममा उनलाई अन्तरवार्तामा पिता शाहरुख खानको स्टारडमका विषयमा धेरै प्रश्न सोधिएका थिए ।

शाहरुखकी छोरी भएकोमा कस्तो महसुस हुन्छ भन्ने प्रश्नमा उनले भनेकी थिइन् ‘मलाई यो त पहिल्यै आभास भएको थियो कि हाम्रो लागि चीजहरु निकै फरक हुनेछन् तर पापा यति पपुलर हुनुहुन्छ भन्ने मैले सोचेकी थिइन ।’ हेर्नुहोस् सुहानाको मस्तीको भिडियो ।



प्रतिक्रिया दिनुहोस्