Logo

राजधानीमा भदौ २२ गते तिज महोत्सव हुँदै



भदौ २०, काठमाण्डौ । स्वदेश तथा विदेशमा कुशल रुपमा कार्यक्रम संयोजन गरिसकेको जनप्रिय इभेन्ट म्यानेजमेन्टको आयोजनामा तिज विशेष साँस्कृतिक कार्यक्रम २०७५ हुने भएको छ ।

हाम्रो चाडपर्व हाम्रै शैलीमा मनाऔँ, सँस्कार र सँस्कृतिमा आएको विकृतिलाई हटाऔँ, भन्ने मान्यताकासाथ भदौ २२ गते शुक्रबार काठमाडौको बनस्थली चोकमा रहेको राजधानी ब्याङ्क्वेट एण्ड मल्टी भेन्युमा तिजी विशेष साँस्कृतिक कार्यक्रम हुन लागेको हो । रुकुम पूर्व पश्चिम यातायात प्रा लि,रुकुमेली ट्रभल्स एण्ड टुर प्रा लि काठमाडौ र अनुग्रह मनिट्रान्फर मुख्य प्रायोजक रहेको महोत्सवलाई श्री आदर्श मावी भुपू विद्यार्थी परिवार आठ, विस कोट १४ घेत्मा,होटल कमल ताल बसन्तनगर,मोनाल गेष्ट हाउस बसन्तनगर,करिष्मा गेष्ट हाउस बसन्त नगर तथा रुकुम यातायात प्रा लि ले सहप्रायोजन गरेको छ ।

यस्तै महोत्सवलाई आनन्द पुन समाजसेवी,न्यु भ्याली कोल्ड स्टोर हात्तिगौँडा,राप्ती रुक्मेली धर्तीमाता गेष्टहाउस मित्रनगर,होटल माउण्ट एभरेष्ट मित्रनगर,सानोभेरी यातायात समितिले प्रायोजन गरेको छ । तिज महोत्सवमा वरिष्ठ लोक तथा दोहरी गायक गायिकाहरु बिमाकुमारी दुरा,दीला विक,किरणबाबु पुन,पुर्णिमा सेन, रमेश डाँगी, तिलक परियार,सूर्या पुन,आशा पुन,अमित परियार,कपिल मगर नेपाली दाई मनिषा ओली लगायतको विशेष प्रस्तुती रहने आयोजक जनप्रिय इभेन्ट म्यानेटमेन्टका प्रबन्ध निर्देशक उनबाहादुर तामाङले जानकारी दिनु भयो । यस्तै महोत्सवमा हस्याकलाकार प्रकाश काँडेल गुलेलीले पेटमिची हँसाउने छन् ।

महोत्सवमा आधुनिक गायक प्रकाश रन्काको विशेष प्रस्तुती रहने छ भने मोडल आयुषा राईले आफ्नो कला प्रस्तुत गर्ने छिन् ।पूर्व खेलकुद मन्त्री कमला रोका प्रमुख अतिथी रहने कार्यक्रममा पूर्व गृह तथा उर्जा मन्त्री जनार्दन शर्मा,पूर्व बाणिज्य मन्त्री गणेशमान पुन,दलजित शेर्पाली,गोपाल जी जंग शाह,मिठ मल्ल,तिथी गौतम,ठगेन्द्र पुरी,मानबहादुर नेपाली,अर्जुन केसी, सुेरेन्द्र बहादुर शाह लगायतका अतिथीहरुको उपस्थिती रहने आयोजकले जनाएको छ । लक्ष्मी र टाइमेक्सले साथ दिएको तीज महोत्सवलाई प्रिन्ट पार्टनरको रुपमा प्रिन्ट बजारले साथ दिएको छ ।

यस्तै अफिशियल मिडियाको रुपमा सञ्चार खबर डटकम तथा रेडियो काठमाण्डौ रहेको छ । कार्यक्रम व्यावस्थापकको रुपमा उनबाहादुर तामाङ र मिलन तामाङ रहनु भएको छ ।



प्रतिक्रिया दिनुहोस्