Logo

संजिवनीको आवाजमा नयाँ नेपाली गीत सार्वजनिक (भिडियोसहित)



भदौ २०, काठमाण्डौ । भारतीय गायिका संजिवनीकाे सुन्दर अावाजमा नयाँ नेपाली गीत सार्वजनिक भएकाे छ । ‘मेराे माया’ बाेलकाे उक्त गीतकाे म्युजिक भिडियाे युटुबमार्फत सार्वजनिक भएकाे हाे । नेपाली सांगीतिक कार्यक्रममा नेपाल अाइरहने संजिवनीले नेपाली गीत स‌ंगीतलाई पनि उतीकै माया गर्ने गरेकी छिन् ।

निकै सुन्दर स्वरमा सजिएकाे उक्त गीतकाे म्युजिक भिडियाेमा माेडल तथा रंगकर्मी विशाल थापा र अनिशा न्याैपानेकाे सुन्दर अभिनय रहेकाे छ । सबी अधिकारीकाे रचना रहेकाे गीतमा सुर्य काश्यबकाे संगीत रहेकाे छ ।

प्रेम लामाकाे टीमले खिचेकाे भिडियाेकाे निर्देशन सुवास प्रधानले गरेका छन् । भिडियाेमा रंग संयाेजन र सम्पादन टेकेन्द्र शाहले गरेका छन् । साहस शाक्यले एरेन्ज गरेकाे गीतकाे म्युजिक भिडियाेकाे मिक्सिङ महेश्वरमान राजभण्डारीले गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्