Logo

श्रीमानलाई झुक्काएर प्रेमीबाट गर्भाधान, यस्तो छ रहस्य



रुस । रुसको राजधानी मस्कोमा एउटा अनौठो घटना सार्वजनिक भएको छ । त्यहाँ एकजना महिलाले आफ्ना पतिलाई छक्याएर ब्वायफ्रेण्डको विर्यबाट गर्भधारण गरेकी छिन् ।

समाचार अनुसार टेष्टट्युब प्रविधिबाट गर्भाधारण गर्नका लागि क्लिनिक पुगेकी ती महिलाले आफ्नो लोग्नेको साटो प्रेमीको शुक्रकिटबाट गर्भाधान गरिन् । आफ्नी पत्नीले जन्माएको सन्तान आफ्नो वास्तविक सन्तान नभएको कुरा थाहा पाउँदा लोग्नेलाई कस्तो भयो होला ? कल्पना गर्नुस् त ।

विचरा ती लोग्नेले बच्चा जन्मिएको एक वर्षपछि मात्र त्यो बच्चाको जैविक पिता आफू नभएको पत्तो पाए । महिलाले पनि आफूले ब्वायफ्रेण्डको शुक्रकिटबाट गर्भाधारण गरेको स्वीकारेकी छन् ।

यस्तो फट्याइँ गर्ने महिलाको नाम यना अनोखिना हो । ३८ वर्षकी यना टेष्टट्युब विधिबाट गर्भाधानका लागि क्लिनिकमा गइन् । त्यहाँका डाक्टरहरुसँग उनले गोप्य रुप्मा सल्लाह गरी आफूले प्रेम गर्ने प्रेमीको शुक्रकिटबाट गर्भाधान गर्न चाहेको हुँदा त्यसको चाँजोपाँजो मिलाउन अनुरोध गरिन् । डाक्टरहरुको सहमतिमा सोही अनुरुप लोग्नेको साटो ब्वायफ्रेण्डको शुक्रकिटबाट उनलाई कृत्रिम गर्भाधान गराइयो ।

यस्तो षड्यन्त्र भइरहँदा लोग्नेलाई पत्तै थिएन । आफूले दिएको शुक्रकिटबाटै पत्नी गर्भवती भएकोमा उनी ढुक्क थिए । तर जब उनले पत्नीको त्यो दुष्कर्मको बारेमा थाहा पाए तब जन्मिएको बच्चा पनि एकवर्षको भैसकेको थियो । बच्चाको डिएनए टेष्ट गराइयो । डिएनए परीक्षणबाट ती महिलाका पति मेक्सिम अनोखिन बच्चाको जैविक पिता नभएको प्रमाणित भयो ।

आफूमाथि यस्तो गम्भीर धोकाधडी भएको थाहा पाएसँगै उनले पत्नी तथा उक्त क्लिनिक विरुद्ध मुद्दा दायर गरे । अदालती आदेश अनुसार क्लिनिकले उनलाई झण्डै ७ लाख रुपैयाँ बराबरको रकम क्षतिपूर्ति बापत दिनुपरेको छ । आफूले यस्तो धोका पाउँला भन्ने कुरा सपनामा पनि नसोँचेको उनी बताउँछन् । उक्त घटनापछि ती पति पत्नीले डिभोर्स गरेका छन् ।

एजेन्सी



प्रतिक्रिया दिनुहोस्