Logo

अनमोल बने आइमार्स् मोवाइल ब्राण्ड एम्बेस्डर



काठमाडौं । चिनियाँ कम्पनीद्वारा उत्पादित आइमार्स् मोबाइलले नेपालका चर्चित युवा अभिनेता अनमोल केसीलाई ब्राण्ड एम्बेस्डरमा नियुक्त गरेको छ ।

सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रमका बीच ओपल मल्टिनेशनल कम्पनि र अभिनेता केसीबीच आइमार्स् मोवाइलको ब्राण्ड एम्बेस्डरको सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।

ओपलले केसीसँग एक वर्षका लागि सम्झौता गरेको हो । दशैंलाई लक्षित गर्दै ओपलले आइमार्स् नामक स्मार्ट फोन र फिचर फोन नेपाली बजारमा ल्याउन लागेको छ । कम्पनीले उत्पादन गर्न लागेको फोनहरु २ हजारदेखि ३० हजार रुपैँया मूल्यसम्मका रहेको कम्पनीले जनाएको छ ।

सम्झौता पत्रमा हस्ताक्षर गर्दै केसीले आइमार्सका फोनहरु अरु फोनभन्दा गुणस्तरीय र आधुनिक भएकाले आफूले ब्राण्ड दूतको प्रस्ताव स्वीकार गरेको बताए ।

अभिनेता केसीले भने, ‘म आफैले यो फोन प्रयोग गरेर हेरें, आइमार्सका फोनहरु गुणस्तरीय र आधुनिक रहेछन् । आइमार्सको ब्राण्ड दूत बन्न पाउँदा खुसी छु, यसले नेपालमा राम्रो बजार पाउँछ भन्ने मेरो विश्वास छ ।’



प्रतिक्रिया दिनुहोस्