Logo

तीज सरल र सहज रुपमा मनाउनुपर्छ: संञ्चारकर्मी बुढाथोकी



काठमाडौं । नेपाली नारीकोहरुको महान पर्व हरितालिका तीज आउन केही दिनमात्र बाँकिछ । तीज नजिकिदै गर्दा नेपाली हिन्द नारीहरुरु रातो पहिरनमा सजिएर माईत घर पुगेर दर खाने चलनछ ।

हामीले तीजको चटारो लागेका समाचारहरु सम्प्रेशण गरिरहदा सञ्चारकर्मी हिन्दुनारीहरुलाई तीजले कत्तिको छोएको छ भनेर संचारकर्मी सचिता बुढाथोकीलाई सोधेका थियौं ।

उनले भनिन्,‘तीजको माहोल तातेको छ, दर खान भ्याई नभाई छ । एक हप्तादेखी आफ्ना आफन्त कहा गएर दर खाने, रमाईलो गर्न काम जारी छ ।’

हिन्दु संस्कार अनुसार परम्परादेखि मनाउदै आएको तीज हिन्दु नारीहरुको मुख्य महत्यपुर्ण पर्वहो । पराई घर पठाएका चेली माइती घर आउने, सुख दुःख बाड्ने, माइती आएकी चेलीलाई एकजोर भएपनि राम्रा लुगा दिने संस्कारले पनि यो पर्व चेलिहरुको लागि विषेश पर्व मानिन्छ ।

तीजमा दिदीबैनीहरुले आफ्ना लागि रमाइलो गर्ने अवसर पनि हो । पहिलो तीज घर भित्र मात्र सीमित थियो । भने पछिल्लो समयमा हुने गरेका दर विषेश कार्याक्रम र तीज महोत्सव जस्ता कार्याक्रमले महिला दिदीबैनीहरुमा सामाजिक सदभाव, सदविचार, एकता मेलमिलापले अझ यो पर्वको महत्व बढाएको छ ।

एबिसि टेलिभिजनमा कार्यरत संचारकर्मी बुढाथोकी भन्छिन्,‘तीज हिन्दु नारीहरुको लागि विशेष र खास पर्व हो । त्यसैले तीज मनाउनुपर्छ, संस्कार र संस्कृतिको संरक्षणका लागि तीज महत्वपुर्ण पर्व हो । तीजमा मंहगो पहिरन र झपक्कै गरगहना लगाउनुपर्छ भन्ने छैन । कम पैसामा पनि राम्रा र आकर्षक पहिरन तयार गर्न सकिन्छ ।’

फजुल खर्चको र पछिल्लो वर्षहरुमा तीज महंगो बन्दै गएको हो ? भनेर सोधिएको प्रश्नको जवाफमा उनले भनिन्,‘फजुल खर्च गर्ने लहर बढ्नु राम्रो होइन । यस्ता पर्वमा आफूलाई राम्रो पहिरनमा पाउदा भित्रैदेखि रिफ्रेस पनि भईन्छ । धार्मीक आस्था तथा सामाजिक रूपमा आपसमा खुसी आदान–प्रदानगर्ने र व्रत बस्नु राम्रै लाग्छ तीजलाई महंगो र सस्तो भन्दा पनि सरल र सहज बनाउ आवश्यक छ, कुनै चाँडपर्व सस्तो महंगो हुँदैनन्, हरेक सस्कारहरुले एउटै सन्देश व्यक्ति खुसि हुन हो, दिदीबहिनी, आफन्तको मिलनको रुपमा यूस्ता चाँडपर्वहरुलाई मनाउनुपर्छ।’

उनले अघि थपिन्,‘हिन्दू धर्मावलम्बीहरूमा तीज मनाउने चलन पुरानै हो । विशेषतस् महिलाहरूको चाड तीजको आफनो किसिमको धार्मिक, सांस्कृतिक एवम् सामाजिक महत्व छ । चेली, माइती, दर, नाचगान तथा संगीतको वरिपरि झुम्ने यो पर्व हामी नारीहरुका लागि विषेश पर्वहो ।’



प्रतिक्रिया दिनुहोस्