Logo

भारतको दिल्लीमा गुण्डा नाईकेमाथी प्रहरी इन्काउण्टर !



नयाँ दिल्ली । भारतको राजधानी दिल्लीमा बुधबार, प्रहरी र सुनील उपनाम टिल्लु ग्याङबिच गोली हानाहान भएको छ । दोहोर भिडन्तमा टिल्लु ग्याङका तीनजना पक्राउ परेको दिल्ली प्रहरीले जनाएको छ ।

एकजना प्रहरीले चलाएको गोली लागेर गम्भिर घाइते भएका छन । टिल्लु ग्याङमाथि हत्या, अपहरण, बलात्कार जस्ता घटनाहरुमा संलग्न रहेको प्रहरीले जनाएको छ ।

विशेष जानकारिका आधारमा प्रहरी दिल्लीको अलीपुर क्षेत्रमा उनिहरुलाई पक्राउ गर्न गएको थियो । प्रहरी आएको कुरा टिल्लु ग्याङलाई जानकारी भएपछि उनिहरुले प्रहरी माथि नैं गोली चलाएका थिए । जवाफमा प्रहरीले पनि गोली चलाएको थियो ।

घाइतेको स्थानीय अस्पतालमा उपचार भैरहेको छ । घटनाको बारेमा थप अनुसन्धान गर्न बाँकि रहेको प्रहरीले जानकारी दिएको भारतीय सञ्चारमाध्यमलले जनाएका छन । एजेन्सी



प्रतिक्रिया दिनुहोस्