Logo

भोजपुर अदालतबाट ६० हजार धरौटीमा रिहा भएलगत्तै प्रकाण्ड पुन: पक्राउ



सरिता राई, भोजपुर, २० भदौ । विप्लपका प्रवक्ता खड्ग बहादुर विश्वकर्मा ‘प्रकाण्ड’ भोजपुर अदालतबाट ६० हजार धरौटीमा रिहा भएका छन् ।

विष्फोटक पदार्थ, आगजनी र ज्यान मार्ने उद्योगको मुद्धामाथी जिल्ला न्याधिस हरिषचन्द्र इङ्गनामको एकल इजलासले प्रकाण्लाई ६० हजार धरौटीमा रिहा गरिएको हो ।

बुधबार धरौटीमा रिहा भएका प्रकाण्डलाई हालका मुख्यमन्त्री शेरधन राई चढेको गाडीमा गत कात्तिक २८ गते बम विष्फोटमा २५ हजार, षडानन्द नगरपालिका वाड नं.३ भिरथाप्लोमा भएको बम विस्पोटमा २५ हजार र साल्पासिलिछो गाउँपालिका वडा नं. २ सहकारी टोलमा बाम गठबन्धनको चुनावी प्रचारप्रसार कार्यक्रममा भएको बम विष्पोटमा १० हजार ६० हजार धरौटीमा छुटाइएको जिल्ला अदालत भोजपुरका सुचना अधिकारी एवं श्रेष्तेदार मणीराम पोखरेलले जानकारी दिनुभयो ।

उक्त प्रकाण्डको मुद्धामा सरकारको तर्फबाट सरकारी वकिल प्रमोद भटराईले बादी को तर्फबाट बकलत गरेका थिए भने प्रतिवादी प्रकाण्डको पक्षमा वकिल भिषण श्रेष्ठ, जिता मुकाङ्ग र रामकुमार राईले वकालत गरेका थिए ।

यता जिल्ला प्रहरी कार्यालय भोजपुरले भने धरौटीमा छुटेका प्रकाण्लाई पुन पक्राउ गरी दाङ्ग तर्फ लाने भएको छ । प्रकाण्डलाई मंगलबार विराटनगर हुदै रातको समयमा भोजपुर ल्याइएको हो ।



प्रतिक्रिया दिनुहोस्