Logo

शववाहन खरिद गर्न फुटसल



दमक । शववाहन खरिदका लागि सहयोग जुटाउने उद्देश्यले झापाको दमकमा शुक्रबार एकदिवसीय लायन्स प्रथम फुटसल प्रतियोगिता हुने भएको छ । लायन्स क्लब अफ दमक इष्टर्न लाइनले यस क्षेत्रका लायन्स क्लबबीच फुटसल प्रतियोगिता गराउने भएको हो ।

उक्त संस्थाका अध्यक्ष बिमल शर्माले यहाँ आयोजित पत्रकार सम्मेलनमा प्रतियोगिताबाट शववहान ल्याउन सहज हुने र झापा तथा मोरङका विभिन्न आठ लायन्स क्लबको सहभागिताले भाइचारा र सद्भाव पनि वृद्धि हुने बताएका छन।

दमक–९ स्थित रणभूमि फुटसलको खेल मैदानमा हुने सो प्रतियोगिताका विजेताले नगद रु ५० हजार, उपविजेताले रु २५ हजारसहित ट्रफी प्राप्त गर्ने प्रतियोगिताका संयोजक उज्जवल श्रेष्ठले जानकारी गराए ।

सो प्रतियोगितामा दमकका आयोजक संस्थासहित विगबुद्ध, युनाइटेड, स्विटसिटी, कमल गाउँपालिकाको लखनपुर लायन्स र मोरङको उर्लाबारी, मिक्लाजुङ्ग र पथरी लायन्स क्लबको सहभागिता रहने छ ।



प्रतिक्रिया दिनुहोस्