ओलीले अहिलेका सबै मन्त्रीहरुलाई हटाएर नयाँ सेट ल्याउने !


काठमाडौं, २२ भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफू नेतृत्वमा रहेका वर्तमान सरकारका सबै मन्त्रीहरुलाई एकैपटक विदाई गरेर उनीहरुको ठाउँमा नयाँ सेट ल्याउनेबारे छलफल प्रारम्भ गरेका छन् ।

सत्तारुढ दल नेकपानिकट उच्च स्रोतले दिएको जानकारी अनुसार ओलीले यसबारेमा आंशिक रुपमा अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँगपनि छलफल गरिसकेका छन् । प्रचण्ड यतिवेला चार दिने भ्रमणको लागि नयाँ दिल्लीमा छन् । उनी स्वदेश फर्किएलगत्तै दुई अध्यक्षबीच यस सम्बन्धमा छलफल अघि बढ्ने बुझिएको छ ।

भारत उड्नुअघि प्रचण्डले पनि मन्त्रीहरुको जिम्मेवारी हरेफेर हुने संकेत गरिसकेका थिए । उनले आफ्नो भारत र चीन भ्रमणको उद्देश्य प्रकाश पार्न आफ्नो निवासमा पत्रकारहरुलाई जानकारी दिन आयोजना गरेको सम्पादकहरुसँगको संक्षिप्त कुराकानीमा केही मन्त्रीहरुको कार्यशैली चित्तबुझ्दो नभएकोले आफूहरु दुवै अध्यक्षको सहमतिमै त्यस्ता मन्त्रीहरुलाई फिर्ता बोलाउन सक्ने संकेत गरेका थिए ।

यता प्रधानमन्त्री ओलीले पनि यस सम्बन्धमा लगभग माईण्ड मेकअप गरिसककेका छन् । सके केही मन्त्रीहरुलाई हटाउने, यदि त्यसमा पनि विवाद उत्पन्न भए पूराना सबै मन्त्रीहरुलाई हटाएर मन्त्रीहरुको नयाँ सेट ल्याउनेपनि विकल्प ओलीले सोचेको उच्चस्तरीय स्रोतले जनाएको छ ।