Logo

प्रधानमन्त्री ओलीको ट्विट : चीनसँगको सहमतिले तेस्रो मुलुकसँग जोड्छ



काठमाडौँ, २३ भदौ / प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल र चीनबीच पारवहन तथा यातायात सम्झौताको प्रोटोकलमा सहमति भएसँगै नेपालले तेस्रो मुलुकसँग जोडिन चाहे जति नाका एवं आवश्यक सडक प्रयोग गर्न पाउने भएको बताएका छन् ।

प्रधानमन्त्री ओलीले आज ट्विट गर्दै उक्त सहमति नेपालका लागि असाधारण खुशीको विषय भएको उल्लेख गरेका हुन् । सहमतिले नेपालको भारतसँगको मात्र व्यापारिक निर्भरतालाई खुल्ला गरेको छ ।

दुई देशबीचको अधिकारीहरुको वार्तामा यही भदौ २१ गते उक्त प्रोटोकलमा सहमति भएको थियो । सहमपतिपछि चीनसँग जोडिएका थप नाका खुल्नेछन् । प्रधानमन्त्री ओलीको अघिल्लो कार्यकालको औपचारिक चीन भ्रमणका क्रममा व्यापार तथा पारवहन सम्झौता भएको थियो ।



प्रतिक्रिया दिनुहोस्