Logo

प्रचण्ड स्वदेश फिर्ता, एयरपोर्टमा भव्य स्वागत (फोटोफिचर)



काठमाडौं, २४ भदौ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो चार दिने भारत भ्रमण पूर्ण सफल भएको स्पष्ट पारेका छन् ।

आईतबार त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै अध्यक्ष प्रचण्डले यस्तो बताएका हसन् । उनले भ्रमणका क्रममा पुराना सम्झौता कार्यान्वयको विषयमा छलफल भएको बताए ।

दुई तिहाइ बहुमत प्राप्त सरकारको पक्षमा भूमिका खेल्न आफू भारत भ्रमणमा गएको बताउँदै दाहालले भने, ‘स्थिर सरकार र समृद्ध नेपाल भारतको पनि चाहना हो ।’ भ्रमणको क्रममा आफू आर्थिक विषयमा बढि केन्द्रित भएको पनि उनले जानकारी दिए ।

त्यस्तै उनले मन्त्री फेरबदलको विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीले जे बोलेको हो त्यही हुने धारणा राखे । प्रचण्डलाई विमानस्थलमा स्वागत गर्न नेकपाका नेता वामदेव गौतम, महासचिव विष्णुप्रसाद पौडेल र सुवास नेम्बाङ पुगेका थिए ।

तस्विर : मुकुन्द काकिोटे



प्रतिक्रिया दिनुहोस्