Logo

थामियो शेयर बजार



काठमाडौँ । लगातार ओरालो लाग्दै आएको शेयर बजार आज भने थामिएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोबार मापक नेप्से परिसूचक ६।७७ बिन्दुले बढेर एक हजार २१७।६५ बिन्दुमा पुगेको छ ।

यस्तै ‘क’ वर्गका कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक समेत १।८५ बिन्दुले बढेर २५८।०१ बिन्दुमा पुगेको छ । स्टकका अनुसार आज कारोबार रकममा समेत वृद्धि भएको छ । कूल १६७ कम्पनीको १० लाख ९७ हजार ९११ कित्ता शेयर रु ३३ करोड ३२ हजार ७६३ मूल्यमा खरिद बिक्री भएका छन् ।

दुई उपसमूहको शेयर ओरालो लागे पनि अरु उपसमूहको शेयर उकालो लाग्दा बजारमा सकारात्मक प्रभाव परेको हो । वित्त क्षेत्र ०।२६ र निर्जीवन बीमा ६५।२८ बिन्दुले घटेको छ । यस्तै बैंकिङ ७।२३, व्यापार ०।८४, होटल ४९।४८, विकास बैंक १५।६४, जलविद्युत्् २।८५, उत्पादन २४।७, अन्य ३।७२, माइक्रोफाइनान्स ११।८ र जीवन बीमा १८।६३ बिन्दुले बढेको छ । किसान माइक्रोफाइनान्स र सूर्योदय लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले आज कमाएका छन् भने राष्ट्रिय बीमा कम्पनी लिमिटेडका संस्थापक लगानीकर्ताले गुमाएका छन् ।



प्रतिक्रिया दिनुहोस्