Logo

जापान सरकारद्धारा फूलकुमारी मेमोरियल अस्पताललाई मोबाईल मेडिकल कार प्रदान



काठमाडौं, २६ भदौ । नेपालको दूर्गम क्षेत्रका जनताहरुलाई उनीहरुको घरदैलोमै गुणस्तरीय स्वास्थ्य सेवा पुर्याउने उद्देश्यले जापान सरकारको तर्फबाट सिरहाको कर्जन्हास्थित फूलकुमारी महतो मेमोरियल अस्पताललाई मोबाईल मेडिकल कार प्रदान गरिएको छ ।

नेपालका लागि जापानी राजदुत मासामिचि साईगोले आज एक समारोहकाबीच उक्त मोबाईल क्लिनिक फूलकुमारी महतो मेमोरियल अस्पतालका मेडिकल डाईरेक्टर डाक्टर शिव शंकर साहलाई हस्तान्तरण गरे ।

टोयोटा हायस गाडीलाई जापानस्थित् टोयो फ्याक्ट्रीले मोबाईल क्लिनिकको स्वरुप प्रदान गरी उपलब्ध गराइएको उक्त मोबाईल मेडिकल क्लिनिकबाट सिरहा, सप्तरी, उदयपुर, सिन्धुली र धनुषाका जनताहरुले लाभ पाउने छन् ।

जापानमा अध्ययनरत् नेपाली लगायतका विश्वका विभिन्न देशका विद्यार्थीहरु संस्था आईज्याक नेपालको पहलमा जापान सरकारको ग्रास रुट परियोजना अन्तर्गत उक्त कार नेपाललाई प्राप्त भएको हो ।



प्रतिक्रिया दिनुहोस्