Logo

ओली सरकारविरुद्ध तरुण दल सडकमा, हत्यारालाई कारबाहीको माग



काठमाडौं, २६ भदौ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको भातृ संगठन नेपाल तरुण दल रोल्पाका नगर अध्यक्ष रोहित पुनको हत्यारालाई कार्वाहीको मांग गर्दै देशव्यापी विरोध प्रदर्शनमा उत्रिएको छ ।

आज वीरगन्जमा पनि तरुण दलले बृहत्त प्रदर्शन भएको छ। वीपी कोइरालाको १०५औं जन्मज्यन्तीका दिन भदौं २४ गते गोली हानि हत्या गरिएका पुनका हत्यारालाई अविलम्ब पक्राउ गरी कार्वाहीको माग गर्दै तरुण दल पर्साका नेता कार्यकर्ताहरुले वीरगन्जमा प्रदर्शन गरेका हुन।

तरुण दल पर्साका सचिव विवेक कुमार चौरसियाको अगुवाइमा वीरगन्जको घण्टाघरबाट निस्किएको विरोध जुलुश जिल्ला प्रशासन कार्यालय पर्सामा पुगेको थियो। कार्यालयमा तरुण दलका प्रतिनिधीहरुले पुनका हत्यारालाई कार्यवाहीको माग गर्दै नेपाल सरकारलाई ज्ञापन बुझाएको छ।



प्रतिक्रिया दिनुहोस्