Logo

निर्मला हत्या प्रकरणः दोषीलाई कारबाहीको मागगर्दै कालो सारीमा धर्ना



कञ्चनपुर । ४८ दिन अघि कञ्चनपुरकी १३ वर्षिया किशोरी निर्मला पन्तको बलात्कारपछि हत्यामा संलग्नलाई कारवाहीको माग गर्दै आन्दोलनरत आमा समूहका सदस्यहरु कालो सारीमा धर्ना बसेका छन् ।

घटना भएको ४८ दिन पुगिसक्दा पनि सरकारले अपराधी पक्राउ गर्न नसकेको विरोधमा उनीहरु तीजको दिनमा पनि कालो सारी लगाएर धर्नामा बसेका हुन् ।

सरकारले गठन गरेको उच्चस्तरीय छानबिन समितिले समेत तोकिएको मितिमा कुनैपनि निष्कर्ष निकाल्न नसकेपछि उनीहरु थप आन्दोलित बनेका छन् ।

तस्बिर-मदनराज गिरीको फेशबुकबाट



प्रतिक्रिया दिनुहोस्