Logo

बलात्कारीलाई कारबाहीको माग गर्दै (क्रान्तिकारी)ले गर्यो हस्ताक्षर संकलन



काठमाडौं । अनेरास्ववियू (क्रान्तिकारी) पद्मकन्या क्याम्पस कमिटीले बलात्कारका घटनामा संलग्न दोषीलाई कारबाही गर्न सरकारलाई दवाब दिने उद्देश्यले हस्ताक्षर अभियान सम्पन्न गरेको छ ।

पछिल्लो समय देशभरि दोहोरिरहेका बलात्कारका घटनाहरुको सत्यतथ्य बाहिर ल्याई दोषीलाई सजायको कठघरामा उभ्याईनु पर्ने भन्दै क्रान्तिकारीले बुधवार क्याम्पसमा हस्ताक्षर संकलन कार्यक्रम राखेको हो ।

केहि दिन अघि कञ्चनपुरमा बालिका निर्मला पन्तको बलत्कार पछि हत्या भएको तर लामो समय बितिसक्दा पनि वास्तविक दोषी अझै पत्ता नलागेको भन्दै छिटो भन्दा छिटो अपराधीलाई सार्वजनिक गर्न सरकारलाई दवाव दिने उदेश्यले कार्यक्रम आयोजना गरिएको क्रान्तिकारीकी नेतृ बसन्ता भण्डारीले बताईन् ।

एक लाख हस्ताक्षर संकलन गरेर प्रधानमन्त्री, गृहमन्त्री, मानव अधिकार आयोग र जिल्ला प्रशासन कार्यालय काठमाण्डौमा बुझाइने क्रान्तिकारीले जनाएको छ । हस्ताक्षर संकलनमा क्रान्तिकारिका केन्द्रीय सचिव डिवि साउँद र केन्द्रीय सदस्य नरेश न्यौपाने समेतको उपस्थिती रहेको थियो ।



प्रतिक्रिया दिनुहोस्