Logo

बाबुराम-हिसिला अमेरिकामा मस्त, छोरी मानुषी यमी सडकमा



काठमाडौं, २९ भदौ । नयाँ शक्ति नेपालका संयोजक एवम् पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई पत्नी एवम् नेतृ हिसिला यमीसहित यतिवेला अमेरिका भ्रमणमा छन् । तर, यता उनी नेतृत्वको आफ्नो पार्टी भने बलात्कारीलाई कारबाही गर्न माग गर्दै सडकमा उत्रिएको छ ।

नयाँ शक्ति पार्टी, नेपालले बढ्दो हिंसा, हत्या र बलात्कारजस्ता जघन्य अपराधमा संलग्नलाई तत्काल पक्राउ गरी कडा कार्वाही गर्न सरकारसँग माग गर्दै काठमाडौंमा प्रर्दशन गरेको छ। बुवा-आमा अमेरिकामा मस्त भएपनि छोरी मानुषी यमी भने आँफै सडकमा उत्रिएर बुवाको उपस्थितिलाईकमी महशुस हुन दिईनन् ।

बलात्कारपछि हत्या गरिएकी किशोरी निर्मला पन्तलगायतका पीडित परिवारलाई तत्काल न्याय दिन माग गर्दै नयाँ शक्ति पार्टी, नेपालले शुक्रबार काठमाडौंको माईतीघर मण्डलादेखि नयाँ बानेश्वरसम्म -यालीसहितको विरोध प्रर्दशन गरेको हो।

बढ्दो हत्या, हिंसा र बलात्कारमा संलग्न अपराधिलाई तत्काल पक्राउ गरी कडा कार्वाही गर्न सरकारसँग माग गर्न सडक आन्दोलन गर्नु परेको पार्टीकी नेतृ दुर्गा सोबले जानकारी दिए।

प्रर्दशनीमा महिला र बालबालिकामाथि हुने बलात्कार, हत्या लगायतका जघन्य अपराधको घटना हुन नदिन प्रभावकारी कदम चाल्न नसकेको भन्दै सरकारी विरुद्ध चर्का नाराबाजी पनि गरिएको थियो।

तस्विर : मुकुन्द कालिकोटे 



प्रतिक्रिया दिनुहोस्