Logo

प्रकाण्डलाई यसरी नचायो राज्यले, अहिले उदयपुर प्रहरीमा



गाईघाट, ३१ भदौ । नेपाल कम्युनिस्ट पार्टी नेत्रविक्रम चन्द ९विप्लव० पार्टीका नेता खड्गबहादुर विश्वकर्मा ९प्रकाण्ड०लाई राजधानी काठमाडाँैबाट शनिबार उदयपुर प्रहरीमा ल्याइएको छ ।

काठमाडौँबाट खड्गबहादुरलाई काठमाडौँका प्रहरीले जिल्ला प्रहरी कार्यालय उदयपुरमा बुझाएको उदयपुरका प्रहरी उपरीक्षक चन्द्रदेव राईले बताए ।

खड्गबहादुरले बम विस्फोटसम्बन्धी गतिविधि गरेका कारण आज म्याद थप गरी विस्फोटक पदार्थसम्बन्धी मुद्दा चलाउने तयारी भएको प्रहरी उपरीक्षक राईले बताए ।

यसअघि नै आधा दर्जन सो पार्टीका नेतालाई जिल्ला प्रहरी कार्यालय उदयपुरले पक्राउ गरेर विस्फोटक पदार्थसम्बन्धी मुद्दा चलाइसकेको प्रहरीले बताएको छ ।



प्रतिक्रिया दिनुहोस्