Logo

प्रधानमन्त्री ओलीले निर्मलाका आमा–बुवालाई भेट्ने



काठमाडौं, ३१ भ्दौ । प्रधानमन्त्री केपी शर्मा ओलीले बलात्कारपछि हत्या गरिएकी बालिका निर्मला पन्तका आमा–बुवालाई भोलि भेट्ने भएका छन् ।

सरकारले हत्यारा पत्ता लगाउने आश्वासन दिएको २ महिना हुन लागेपनि यो अवधिमा सरकारले केही पनि काम गर्न नसकेको पीडित परिवारको आरोप छ ।

सत्तारुढ दल नेकपाका सांसदहरुको पहलमा प्रधानमन्त्री ओलीले भोलि निर्मलाका बुवा–आमालाई भेट्ने भएका हुन् । प्रधानमन्त्री ओलीलाई भोलि भेटेपछि पर्सी राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट्ने पीडित परिवारको तयारी छ ।

काठमाडौं आएकै दिनदेखि निर्मलाका आमा–बुवाले प्रधानमन्त्रीसँग भेट्ने प्रयास गरिरहेका थिए ।



प्रतिक्रिया दिनुहोस्