Logo

निर्मला पन्त हत्या प्रकरण : यसो भन्छन् अधिकारकर्मीहरु



काठमाडौं, ३१ भदौ ।  अधिकारकर्मी माया मेगीले निर्मला पन्तको हत्या प्रकरणमा प्रहरीले निर्दोष व्यक्तिहरुलाई समातेर यातना दिएकोले उनीहरुको मानव अधिकार हनन भएको आरोप लगाएकी छिन् ।

आइतबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले भनिन्,‘आज हामी निर्मलाको लागि न्याय माग्न काठमाडौं आएको पनि हप्ता दिन वित्न लाग्यो । तर, सरकारले अहिलेसम्म हामीलाई न्याय दिनेगरि कुनै पहल गरेको छैन् । सरकारले निर्मलाको हत्यामा संलग्न दोषीलाई सार्वजनिक गर्नुपर्छ ।’

सरकारले घट्नाको वास्तविक दोषी सार्वजनिक नगरेर के यो भन्दा ठूलो मानवीय क्षति हेर्न चाहेको हो त भन्दै प्रश्न समेत गरिन् । उनले भनिन्,‘आज निर्मलाको बलात्कारपछि हत्या भएको यतिका दिन वितिसक्यो । तर, अहिलेसम्म न्याय पाईएन् । यो धर्तीमा नारी जन्मिनु नै अपराध हो र ?’

त्यस्तै अर्की अधिकारकर्मी मीना भण्डारीले निर्मला पन्तको बलात्कार सामूहिक बलात्कार हो भनेर स्वयम् निलम्बित एसपी डील्लीराज विष्टले आफूहरुसँग पटक–पटक सार्वजनिक रुपमै बोलेको बताउँदै अहिले आएर एकल बलात्कार भनेर घट्नाको अनुशन्धान गर्नु नै आपत्तिजनक रहेको बताईन् ।

उनले भनिन्,‘घट्नास्थलमा निर्मलाको शब हेर्दा रिसले आगो नहुने कोही पनि थिएनन् । किनकी नानीको अंगभंग भएको थियो । अहिले पनि हामीसँग त्यो दृश्यले गर्दा आक्रोश छ । निर्मलाको ग्यांग रेप भएको छ भनेर स्वयम् एसपीले भनेका थिए । अहिले फेरी सिंगल रेप भनिएको छ । यो कुरा सरकारले भन्यो या प्रहरी कसले भन्यो ?’



प्रतिक्रिया दिनुहोस्