Logo

नेपाल निर्माण व्यवसायी महासंघको अध्यक्षमा कार्कीको उम्मेदवारी घोषणा, ५१ बुँदे प्रतिबद्धता सार्वजनिक



काठमाडौं, ३ असोज । नेपाल निर्माण व्यवसायी महासंघको २० औं साधारण सभा र ११ औं अधिवेशनमा यक्षध्वज कार्कीले अध्यक्ष पदका लागि आज आफ्नो उम्मेदवारी घोषणा गरेका छन् । कार्कीले महासंघको अध्यक्ष हुँदा आफूले गर्ने कामहरु ५१ बुँदे प्रतिबद्धतासहित आजै सार्वजनिक गरेका छन् ।

बुधबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै कार्कीले अध्यक्षमा आफ्नो उम्मेदवारी घोषणा गरेका हुन् । महासंघको संस्थापक सदस्य भई स्थापना कालदेखिनै महासंघ एवम् व्यवसायीहरुको हकहित र गरिमाका लागि आफू निरन्तर लागिपरेको उनको जिकिर छ ।


अहिलेको परिवेशमा निर्माण व्यवसायप्रति सरकारी निकाय नागरिक समाजलगायत सम्पूर्ण क्षेत्रबाट बदनाम र नकरात्मक सोच भई समाजमा स्थापित् हुन कठिनाई भैरहेको तितो सत्य सुनाउँदै कार्कीले भने,‘महासंघको उद्देश्यमानै धक्का पुग्ने अवस्था भएकोले म पूनः अध्यक्षमा उठेको छु । समयमै काम सम्पन्न गर्ने गुणस्तरीय काम गर्ने अवस्था सिर्जना गर्छु ।’

उनले महासंघको नेतृत्वमा पुग्न रहरले नभएर समय र परिस्थितिले ल्याउने कुरा भएको पनि स्पष्ट पारे । उनले भने,‘व्यवसायीहरुको उत्थान गर्ने हो । सरकारसँग हातेमालो गरेर विकास निर्माणको कामहरु सम्पन्न गर्ने हो । जनतासँग नजिक रहने हो ।’

उनले आफूविरुद्ध अध्यक्षको लागि मैदानमा उत्रिएका साथीहरुप्रति आफ्नो कुनै गुनासो नरहेको पनि स्पष्ट पारे । उनले भने,‘क्षमता, योग्यता, मत र विश्वासले नेतृत्वमा पुग्ने हो । १२ हजार ५ सय प्रतिनिधि साथीहरु हुनुुहुन्छ, उहाँहरुको मतले म जित्नेछु ।’

कार्कीसँग महासंघको दुई कार्यकाल सचिव, एक कार्यकाल प्रथम महासचिव, एक कार्यकाल प्रथम उपाध्यक्ष, सल्लाहकार हुँदै अध्यक्ष भएर काम गरेको अनुभव छ । पत्रकार सम्मेलनमा कार्कीले आफ्नो कार्यकालमा प्राप्त भएका विविध उपलब्धिहरुसमेत सुनाएका थिए ।

जसमध्ये पिछडिएको क्षेत्र, मधेश, जनजाति, विकास क्षेत्र (हाल प्रदेश), जिल्लाको प्रतिनिधित्व हुनेगरि नेपाल निर्माण व्यवसायी महासंघको विधान संशोधनको लागि महत्वपूर्ण भूमिका खेलेको, प्रचलित बोलपत्रमा भएका प्रावधानलाई सरलीकरण गर्न सफलता प्राप्त गरेको (जसमा टर्नओभर २.५ गुणाबाट १.५ गुणामात्र कायम भएको, सेम नेचर सर्टिफिकेट १०० प्रतिशतबाट ८० प्रतिशतमा कायम भएको, र सेम नेचर सर्टिफिकेट ३ वटा चाहिनेमा १ वटा भए पुग्नेगरि कायम भएको), निर्माण दिवस मनाउने र एफक्यान अवार्डको सुरुवात गरेकोलगायत रहेका छन् ।

कार्कीले आफूले योग्य, सक्षम र क्षमतावान साथीहरुलाई समेटेर चाँडै टिम खडा गर्ने पनि जानकारी दिए । उनले भने,‘आज मेरोमात्रै उम्मेदवारी घोषणा भएको छ । अब सबै पक्षसँग छलफल गरेर हामी हाम्रो टिम घोषणा गर्छौं । अहिले हामी छलफलमै व्यस्त छौं ।’

कार्यक्रममा पूर्व सांसद एवम् बरिष्ठ निर्माण व्यवसायी जनार्दन ढकालले कार्की महासंघको लागि सक्षम र योग्य उम्मेदवार रहेको भन्दै उनको जीत सुश्चित् रहेको बताए । उनले भने,‘सार्वजनिक खरिद नियामावली हामीले संशोधन गर्न सकेनौं । अब, कार्कीजीले यसको लागि महत्वपूर्ण भुमिका निर्वाह गर्न सक्नुहुन्छ ।’

ढकालले आफ्नो समूहको जीत सुनिश्चत भएपनि आफूलाई लोकतान्त्रिक भन्ने शक्तिहरु बढि पैसामा चलखेल गर्ने भएकोले सचेत रहनुपर्ने बताए ।

त्यस्तै महासंघका मानार्थ सदस्य सुरेश श्रेष्ठले कार्की त्यागी, क्षमतावान र साहसी उम्मेदवार भएकोले उनको जीत सुनिश्चत् रहेको जिकिर गरे । राजनीतिक रुपमा पनि कार्की जानकार र सबै व्यवसायीहरुलाई मिलाएर लैजान सक्ने व्यक्ति भएको बताउँदै उनले भने,‘उहाँ मिलनसार हुनुहुन्छ । उहाँले सबैलाई मिलाएर लैजान सक्नुहुन्छ । त्यसैले हामी सबैले एक ढिक्का भएर कार्की नेतृत्वको टिमलाई जिताउनुपर्छ ।’

कार्कीले सार्वजनिक गरेका प्रतिबद्धताहरु निम्नलिखित छन् :

क) नीतिगत सवालबारे

१. उपभोक्ता समितिबाट गरिने काम तथा योजनाहरु निरुत्साहित गर्न पहल गर्ने,

२. विना क्वालिफिकेशनको रु. २ करोडबाट वृद्धि गर्न पहल गर्ने र यी बोलपत्रहरुमा ईजिपी (ईबिडिङको) प्रावधान हटाउने,

३. सार्वजनिक खरिद ऐन र नियामावलीमा भएका अव्यवहारिक र अमिल्दा प्रावधानलाई संशोधन गराउने ।

४. १५ प्रतिशतभन्दा बढिघटी बोलपत्रमा थप धरौटीको व्यवस्थालाई खारेज गर्न सरकारसमक्ष पहल गर्ने

५. सार्वजनिक निर्माण पुस्तिकामा भएको क्राईटेरियाहरु, टर्नओभर, सर्टिफिकेटहरुलाई कम गर्ने र ‘कि प्रोडक्शन रेट’ हटाउन पहल गर्ने

६. निर्माण व्यवसायी ऐन २०५५ र नियामावली २०५६ लाई संशोधन गरी व्यवसायीको संरक्षण एवम् सम्र्वद्धन गर्न सरकारसमक्ष पहल गर्ने । क, ख, ग, घ वर्गको सिमा बढाई वर्ग कायम गर्ने । घ वर्गको ईजाजत पत्र प्रदान गर्न र नविकरण गर्ने व्यवस्थालाई व्यवस्थित् गर्न सम्बन्धित निकायसँग समन्वय गर्ने । निजी क्षेत्रका अन्य निर्माण कार्यहरुसमेत इजाजत प्राप्त निर्माण व्यवसायीहरुबाट गर्न गराउने ऐनमा व्यवस्था गर्न प्रयत्न गर्ने । आवश्यकत्ता अनुसार वर्गहरु परिमार्जन एवम् थप गर्न पहल गर्ने ।

७. वल्र्ड ब्यांक, एडिबी र अन्य दातृ संस्थागत समन्वय गरी तिनीहरुका प्रोकुरमेन्ट क्राईटेरियालााई नेपाली व्यवसायीहरुको पक्षमा सबै वर्गहरुले काम पाउन सक्ने क्राईटेरियाहरु बनाउन पहल गर्ने ।

८. मुलुकी अपराध (संहिता) ऐन २०७४ को दफा २५० लाई खारेजी गर्न पहल गर्ने ।

९. नेपाल निर्माण व्यवसायी महासंघलाई विकृति र विसंगतिरहित पवित्र मन्दिरको रुपमा निर्माण व्यवसायी सदस्यहरुको आस्था र विश्वासको धरोहर बनाउने

१०. एसोशियट, प्रदेशहरु र जिल्लाहरु÷स्थानीय तहबीच समन्वय गरी आपसी सम्बन्ध सुधार गरी सबै वर्ग, विशेष गरी तल्लो वर्ग र पिछडिएका निर्माण व्यवसायीहरुको लागी काम पाउन सक्ने प्याकेजिङको लागि नीतिगत सुधार गर्ने

११. १२ महिनाभन्दा कम अवधि र साना निर्माण कार्यमा मुल्य वृद्धि पाउने व्यवस्थाको लागि पहल गर्ने

१२. विभिन्न समस्याबाट ग्रसित रही अधुरो प्रोजेक्टहरुको समस्याहरु पहिचान गरी ती प्राजेक्टहरु सम्पन्न र फरक फरफारक गर्नको लागि अबको दिनबाट एक वर्षसम्म म्याद थप गरी समाधान गर्न सम्बन्धित निकायमा पहल गर्ने ।

१३. निर्माण व्यवसायी कोषको रकम ०.१० प्रतिशत एनसिबी र आईसिबी दुवै ठेक्काबाट अनिवार्य रुपमा उठाउने । केन्द्रका साथै प्रदेश तथा जिल्ला र स्थानीय तहमा पनि उक्त रकमको पहुँच पुर्याउने नीति तयार गर्ने । निर्माण व्यवसायी कोषको रकम सञ्चालनमा महासंघको मातहतमा लिई सञ्चालन गर्न÷गराउन नियमावलीमा संशोधन गर्न पहल गर्ने उक्त कोषमा सरकारी निकाय तथा तहबाट शतप्रतिशत थप गरि दिने व्यवस्था मिलाउन पहल गर्ने ।

१४. निर्माण व्यवसायीहरुको क्षमता अभिबृद्धि गर्न तालिम, निर्माण प्रविधि, अध्ययन, अनुशन्धानको व्यवस्था गर्ने ।

१५. संघीय अवधारणा अपनाई केन्द्र, प्रदेश, जिल्लाको÷स्थानीय तह अधिकार सु–स्पष्ट गर्ने

१६. महासंघ, सातवटै प्रदेश महासंघमा सुविधासम्पन्न आधुनिक ल्याब टेष्ट केन्द्रको स्थापना गर्ने, दहचोकमा रहेको महासंघको जग्गामा आफ्नै ल्याब स्थापना गर्ने र प्रदेशहरुमा पनि स्थापना गर्दै जाने ।

१७. सम्बन्धित क्षेत्रको ज्ञान प्राप्त गर्ने तत् क्षेत्रका विशेषज्ञहरुबाट सल्लाह लिई आवश्यक कदम चाल्ने ।

१८. अग्रज निर्माण व्यवसायीहरुको भुमिकालाई स्थापित् गरी ज्ञान, सीप, अनुभव लिने र अन्तर्राष्ट्रिय स्तरमा प्रर्वद्धन गर्न सरकारसँग समन्वयन गर्ने व्यवस्था मिलाउने

१९. निर्माण पत्रिकालाई नियमित तथा सदस्यहरुलाई जिम्मेवारी साथै प्रभावशाली बनाउने

२०. कार्य समितिका पदाधिकारी तथा सदस्यहरुलाई जिम्मेवार साथै प्रभावशाली बनाउने

२१. एशोसियटस् मेम्वर्सलाई थिंक ट्यांक को नीतिलाई प्रभावकारी बनाउने

२२. भ्याट तथा आय करको समस्या समाधान गर्न पहल गर्ने
२३. कार्य समितिको बैठक प्रदेश र जिल्लाहरुमा गर्ने परम्पराको व्यवस्था मिलाउने।

२४. राष्ट्रिय निर्माण दिवस प्रभावकारी बनाउने । एफ्क्यान अवार्डलाई अmझै परिस्कृत गरी इज्जतदार र आकर्षण बनाउने।

२५. व्यवसायीका छोराछोरीहरुलाई ईन्जिनियरिङ अध्ययनका लागि ईन्जिनियरिङ कलेजहरुसित अध्ययन कोटा लिन प्रयत्न गर्ने।

२६. निर्माण व्यवसायी र निर्माण क्षेत्रको शान्ति, सुरक्षा कायम गर्न पहल गरिने छ ।

२७. नेपाली निर्माण व्यवसायीहरुलाई अन्तर्राष्ट्रिय बोलपत्रमा भाग लिई व्यवसायी र क्षमता विकासको लागि पहल गर्ने ।

२८. अन्तर्राष्ट्रिय क्षेत्रमा काम गरिएको निर्माण व्यवसायी र जनशक्तिहरुको पहिचान गरी अनुभवको आदानप्रदान गर्ने

२९. नेपाली निर्माण व्यवसायीहरुलाई अन्तर्राष्ट्रिय बोलपत्रमा भाग लिई व्यवसायिक क्षमता विकासका लागि पहल गर्ने

ख) अन्तरदेशीय सम्बन्धबारे

३७. नेपालस्थित् सबै संघ संस्थाहरुसँग सम्बन्ध विस्तार गर्ने

३८. राष्ट्रिय विकास परिषदमा महासंघको प्रतिनिधित्व गराउन पहल गर्ने साथै अन्य यस्तै संघ संस्थाहरुसित सम्बन्ध कायम गरी प्रतिनिधित्व गराउने

३९. अन्य सरकारी तथा गैरसरकारी निकायहरुसंग सम्पर्क गरी सम्बन्ध विस्तार गर्ने र निर्माण कामको अवसर पाउने वातावरण तयार गर्ने

४०. नेपाल उद्योग प्रशिक्षण केन्द्रलाई पुनः व्यवस्थित् गरी सबै निर्माण सम्बन्धी तालिम दिने

४१. नेपाल उद्योग वाणिज्य महासंघको सदस्यताको सम्बन्धमा व्यापक छलफल गरी आवश्यक निर्णय लिने

ग) कोषको व्यवस्था

४२. निर्माण व्यवसायी भलाई कोष प्रभावकारी बनाउने

४३. भबितव्य तथा दैविप्रकोप कोषको व्यवस्था गर्ने

४४. निम्नस्तरका निर्माण व्यवसायीका छोराछोरीहरुलाई छात्रबृ ित्तको लागि कोषको व्यवस्था सुरु गर्ने

घ) अन्तर्राष्ट्रिय सम्बन्धबारे

४५. आईएफएडब्लुपिसिएको भुमिकाको फाईदा लिनेतर्फ प्रयत्न गर्ने

४६.नेपालमा भएका राजदुतावास विशेष गरी पूर्वाधार विकासमा आर्थिक सहयोग गर्ने देशको राजदुतावाससँग समन्वय गरी निर्माणको अवसर बढाउन र लगानी भित्र्याउन प्रयत्न गर्ने।

४७. छिमेकी राष्ट्रहरु चीन र भारतका एशोसिएशनसित सुमधुर सम्बन्ध बनाई जे/भी को आकर्षण बढाउन प्रयत्न गर्ने

४८. हाल सम्बन्ध भैरहेका र अन्य अन्तर्राष्ट्रिय निर्माण व्यवसायी संघहरु/महासंघहरुसँग सम्पर्क गरी सम्बन्ध विस्तार गर्ने।

४९. अन्तर्राष्ट्रिय निर्माण व्यवसायी परिसंघ (सिआईसिए)सित सम्पर्क बढाई निर्माण व्यवसायीको हितका बारेमा सहयोग लिने

५०. युएनडिपी/जाईका/एसडिसी र अन्य यस्तै संस्थाहरुसित सम्पर्क तथा समन्वय गरी सहयोग लिने । र,

५१. डब्लुटिओ को नियम अनुसार १० लाख डलर बराबरको निर्माण कार्यहरु विना योग्यता नै भाग लिन पाउने गराउन पहल गर्ने रहेका छन् ।



प्रतिक्रिया दिनुहोस्