Logo

‘प्रधानमन्त्रीले कार्यकर्तालाई अरिंगाल बन्न निर्देशन दिनु दुर्भाग्य’



काठमाडौं, ३ असोज । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले नेकपाका कार्यकर्तालाई अरिंगाल बन्न प्रधानमन्त्रीले निर्देशन दिनु दुर्भाग्य भएको बताएका छन् ।

काठमाडौंको बानेश्वरमा नयाँ पाईला मिडिया प्रालीले आयाजेना गरेको आफ्नो अनलाईन पत्रिका नयाँ पाईलाको समुद्घाटन कार्यक्रममा बोल्दै प्रवक्ता शर्माले प्रधानमन्त्रीबाट अरिङ्गाल बन्न निर्देशन आएकाले आफू धेरै नबोल्ने भन्दै व्यङ्ग्य गरेका छन् ।

उनले भने,‘प्रधानमन्त्री केपी शर्मा ओली अत्तालिएर कता–कता पुग्नुहुन्छ, के के बोल्नुहुन्छ, अरिङ्गाल बनेर आक्रमण गर भनेर निर्देशन दिनुहुन्छ, योगेशजी यहाँ भएर भनेको होईन, प्रधानमन्त्रीले दिनुभएको निर्देशन कसैलागि ठीक थिएन ।’

उनले नेपाली प्रेस जगत आन्तरिक र बाह्य दुवै कुराहरुमा सचेत रहनुपर्नेमासमेत जोड दिए । उनले भने,‘पत्रकारहरु आँफैमा स्वतन्त्र बन्न सक्नुपर्छ, पत्रकार जनताको मुखपत्र बन्नुपर्छ, यदि स्वतन्त्रतामाथि सरकारले अंकुश लगाउने काम गर्छ भने त्यो ठीक हुँदैन, आफ्नो धर्म पालना गर्नुपर्छ ।’



प्रतिक्रिया दिनुहोस्