Logo

उपेन्द्र यादवमाथि यसरी खनिए महन्थ ठाकुर



कलैया, ३ असोज । राजपा नेपालका अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरले जनताले राजपा र फोरमलाई मिलेर अघि बढ्नको लागि मत दिएपछि फोरमका अध्यक्ष उपेन्द्र यादवले धोका दिएको आरोप लगाएका छन् ।

संविधान दिवसको विरोधमा बाराको सदरमुकाम कलैयामा बुधवार आयोजित विरोध सभालाई सम्बोधन गर्दै उनले फोरम अध्यक्ष यादव मधेशी जनताको भावनाविपरित एक्लै हिड्न खोजेको आरोप लगाए ।

नेता ठाकुरले प्रतिनिधि र प्रदेश सभाको चुनावमा मधेशी जनताले राजपा र संघीय समाजवादी फोरमलाई मिलेर जानका लागि अत्याधिक मत दिए पनि उनीहरुले दिएको मत र समर्थन विपरित उपेन्द्र यादव सरकारमा गएको आरोप लगाए।



प्रतिक्रिया दिनुहोस्