Logo

लोकतान्त्रिक मेलामा निधिले भने : नेपालको संविधान विश्वकै उत्कृष्ट



काठमाडौं, ४ असोज । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले ‘संविधानप्रति विमति रहेकाहरुलाई पनि चुनावमा सहभागी गराउन सक्नु दलहरुको सफलता हो’ भएको प्रतिक्रिया दिएका छन् ।

राष्ट्रियसभा विधायन व्यवस्थापन समितिले वसन्तपुर क्षेत्रमा आयोजना गरेको तीनदिने लोकतन्त्र मेलामा बोल्दै उनले यस्तो बताएका हुन् ।

निधिले संघीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ गराउन सबै पक्षलाई लागि पर्न आह्वान गरेका छन् । निधिले जनताको व्यापक सहभागितामा निर्माण गरिएको नेपालको संविधान विश्वकै उत्कृष्ट रहेको उल्लेख गर्दै त्यसलाई सुदृढ बनाउन सबै पक्षलाई लाग्न आह्वान गरे ।

निधिले मुलुकलाई समृद्ध बनाउन पनि संघीय लोकतान्त्रिक गणतन्त्रलाई बलियो बनाउनुको विकल्प नरहेको पनि स्पष्ट पारे । उपसभापति निधिले संघीय लोकतान्त्रिक गणतन्त्रलाई बलियो बनाउन अन्तराष्ट्रिय समूदायको सहयोगको आवश्यक्तामा पनि जोड दिए ।

नेपाली सांसदहरुलाई डेनमार्कको भ्रमण गराइ लोकतान्त्रिक मेलामा सहभागी गराइएको र त्यसैबाट प्रभावित भएर यो मेला आयोजना गरेको जनाइएको छ ।

मेलामा डेनमार्क, बेलायत, केन्या, भारत र पाकिस्तानका सांसदहरुको सहभागिता रहेको छ ।



प्रतिक्रिया दिनुहोस्