Logo

अबदेखि मोटरसाइकललाई ५ र गाडीलाई १५ लिटर इन्धन



काठमाडौं, ५  असोज : नेपाल आयल निगमले इन्धनमा सवारी साधनलाई कोटा तोकेको छ। जसअनुसार गाडीलाई १५ तथा मोटरसाइकल र स्कुटरलाई ५ लिटर कायम गरिएको छ। ढुवानी गर्ने चालकहरुले ट्याङ्कर नचलाएपछि निगमले इन्धनमा कोटा तोकेको हो।

निगमका निमित्त कार्यकारी निर्देशक शुशिल भट्टराईले इन्धन अभावको आशंकामा एउटैले धेरै भर्न खोजेपछि कोटा तोकिएको जानकारी दिए। ‘कसैले धेरै भन्डारण गर्ने, कसैले नपाउने अवस्था नहोस् भन्नका लागि कोटा तोकिएको हो’- उनले भने।

त्यस्तै डिजेलबाट सञ्चालन हुने मध्यम तथा छोटो दूरीका सवारीसाधनलाई बढीमा ५० लिटर र लामो दूरीको सवारीसाधनलाई बढीमा १०० लिटरसम्म उपलब्ध गराउनेगरी कोटा तोकिएको छ।

एम्बुलेन्स, विद्यालयका बस तथा सरकारी सवारीसाधनलगायत अत्यावश्यक सवारीसाधनलाई उच्च प्राथमिकतामा राखी इन्धन बिक्री वितरण गर्न अनुरोध गरिएको निगमले जनाएको छ।



प्रतिक्रिया दिनुहोस्