Logo

पर्यटन प्रवद्र्धनका लागि म्युजिक भिडियो सार्वजनिक



काठमाडौं । नेपालमा पर्यटन तथा शान्ति पर्यटन प्रवद्र्धनका लागि सहयोग पु¥याउने उद्देश्यले ‘द भ्याली अफ लाइट’ नामक म्युजिक भिडियो सार्वजनिक गरिएको छ ।

नेपाल पर्यटन बोर्डका लागि युरोपियन युनियनको सहयोगमा तयार गरिएको यो भिडियो आज यहाँ आयोजित कार्यक्रममा युरोपियन युनियनका राजदूत भेरोनिका कोडी र बोर्डका प्रमुख कार्यकारी अधिकृत ९सिइओ० दीपकराज जोशीले सार्वजनिक गर्नुभएको हो । उक्त भिडियो नेपाल पर्यटन बोर्डको फेसबुक पेजमा हेर्न सकिन्छ ।

राजदूत कोडीले नेपाल भ्रमण वर्ष २०२० प्रवद्र्धनका लागि यो गीत एउटा उत्कृष्ट माध्यम भएको बताउनुभयो । बोर्डका प्रमुख कार्यकारी अधिकृत जोशीले म्युजिक भिडियो एउटा सङ्गीत मात्रै नभएर लक्षित उद्देश्यका लागि सिर्जना गरिएकाले यसबाट नेपालमा शान्ति स्थापना तथा पर्यटन प्रवद्र्धनमा समेत सहयोगी हुने बताउनुभयो ।

जम्मा छ मिनेट ३० सेकेण्ड अवधिको गीतमा नेपाली कलाकार मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, रामकृष्ण ढकाल, रवीन तामाङ, कुन्ति मोक्तान, इन्दिरा जोशी, क्यानेडियन कलाकार ताहिर कबालसहित केही विदेशी कलाकारले समेत आवाज दिएका छन् ।

गीतमा नेपाली बालबालिका र भारतको एआर रहेमान सङ्गीत विद्यालय चेन्नइका विद्यार्थीको आवाजसमेत सुन्न सकिन्छ । रञ्जन झाको सङ्गीत संयोजन रहेको उक्त भिडियोको निर्देशन मीरा अरदले गर्नुभएको हो । गीतलाई तबला, सारङ्गी, बाँसुरी, नगराजस्ता परम्परागतबाजादेखि बेस गीतार र ड्रमको उत्कृष्ट संयोजन र हिमाली शृङ्खला, त्यहाँको जीवनशैली, विविधतापूर्ण धार्मिक तथा सांस्कृतिक दृष्यले जीवन्त बनाएको छ ।

सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्ष घोषणा गरेकामा उक्त बोर्डले यसलाई सफल बनाउन विभिन्न गतिविधि सञ्चालन गरिरहेको छ । यो म्युजिक भिडियोको निर्माण पनि त्यस्तै गतिविधिअन्तर्गत गरिएको बोर्डले जनाएको छ । गीत सङ्गीतप्रति धेरै मानिस आर्कषित हुने भएकाले यसले विश्वमा नेपालबारे थप जानकारी सञ्चार गर्ने विश्वास गरिएको छ । रासस



प्रतिक्रिया दिनुहोस्