Logo

भारतको ‘अहङ्कारी’ ब्यवहारबाट दुःखी पाकिस्तान !



काठमाडौँ । नयाँ दिल्लीले भारत–पाकिस्तान विदेश मन्त्रीस्तरको प्रस्तावित वार्र्ता तत्काल हुन नसक्ने बताएको भोलिपल्ट अर्थात् आज पाकिस्तानी प्रधानमन्त्री इमरान खानले बैठक रद्द गर्ने बिषयलाई लिएर भारत अहङकार रहेको बताएका छन ।

पाकिस्तानी प्रधानमन्त्रीले आफ्नो ट्वीटर पेजमा एक सन्देश लेख्दै भनेका छन, “भारत–पाकिस्तानबीचको शान्ति वार्तालाई पुनः आरम्भ गर्ने मेरो आह्वानप्रति भारतको अहङ्कारी तथा नकारात्मक प्रतिक्रियाले भारतलाई नजिकबाट चिनी रहेको बताएका छन ।”“साना मान्छेले ठूला कार्यालयमाथि नियन्त्रण राख्नुपर्ने मेरो जीवनको अनुभवले र दृष्टिले ठूलो तस्वीर नदेखेको हुनसक्छ ।”

शुक्रबार दुई विशिष्ट प्रहरी अधिकारी र एक जना प्रहरी जवानलाई जम्मु–काश्मिरमा अपहरणपछि क्रुरतापूर्ण हत्या गरेको केही घण्टापछि भारतीय विदेशमन्त्री शुषमा स्वराज र पाकिस्तानी विदेशमन्त्री शाह मेहमुद कुरेसीबीच हुने भनी प्रस्तावित वार्ताबाट भारत किन पछि गयो भनेर प्रति प्रश्न गरेका छन ।

यस पहिले यही सेप्टेम्बरको १८ गते सीमा सुरक्षा बलका प्रहरी जवान नरेन्द्र सिंहको पनि जम्मु नजिकैको भारत–पाकिस्तानको अन्तराष्ट्रिय सिमाक्षेत्रमा बन्दूक बोकिरहेको अवस्थामा हत्या भएको थियो ।

शुक्रबार भारतीय विदेश मन्त्रालयले आफ्नो निर्णय घोषणा गर्दै पाकिस्तानी प्रधानमन्त्रीको वास्तविक अनुहारलाई सिमानामा भएका हत्याले छर्लङ्ग देखाएको बताएको थियो ।

भारत तथा पाकिस्तानका विदेशमन्त्रीहरूबीच संयुक्त राज्य अमेरिकाको न्यूयोर्कमा हुने संयुक्त राष्ट्रसङ्घको महासभाका अबसरमा भेट हुने कार्यक्रम तय भएको थियो ।



प्रतिक्रिया दिनुहोस्