दशैंका लागि एकै छानामुनी सस्तो मूल्यमा सामान, स्टक क्लियरेन्स मेला सुरु


असोज ११, काठमाण्डौ । दशैंका लागि आवश्यक सामग्री किन्न कता जाने भन्ने योजना बनाउँदै हुनुहुन्छ भने एकै छाना मुनी सस्तोमा धेरै किसिमका सामान किन्न पाइने भएको छ । दशैंलाई लक्षित गर्दै राजधानीको भृकुटीमण्डमा स्टक क्लियरेन्स मेला सुरु भएको छ ।

बजारको तुलनामा सस्तो मूल्यमा सामान उपलब्ध गराउने उद्धेश्यले मेला सुरु भएको हो । एकै छानामुनी स्वदेशी तथा विदेशी ब्राण्डका वस्तु तथा सेवा उपलब्ध गराउन इभेण्ट सोलुसन प्रालिले मेलाको सञ्चालन गरेको हो । मेलालाई नेपाल चेम्बर अफ कमर्शले प्रवद्र्धन गरेको छ ।

मेलाको उद्घाटन गर्दै चेम्बर अध्यक्ष डा. राजेशकाजी श्रेष्ठले चाडपर्वका समयमा आयोजना हुने मेलाले आम उपभोक्तालाई धेरै सहज हुने गरेको बताए । मेला तथा एक्स्पो आयोजना हुने क्रम बढ्दै गएपनि ठुलो प्रदर्शनी स्थलको अभावले समस्या हुने गरेको उनको भनाई थियो । सरकारले जग्गा मात्र उपलब्ध गराएको खण्डमा आफुहरु प्रदर्शनीस्थल तयार गर्न अग्रसर हुने उनले बताए ।

वर्षेनी आयोजना हुँदै आएको एक्स्पोलाई यस पटक पनि निरन्तरता दिँदै ‘दशैंको बेला सस्तो मेला’ नारा दिइएको छ । ५ दिनसम्म चल्ने एक्स्पोमा दशैंका लागि आवश्यक सबै किसिमका सामाग्रीहरु सस्तो मूल्यमा किनमेल गर्न पाइने आयोजक संस्था इभेण्ट सोलुसन प्रालिका प्रबन्ध निर्देशक विजय सागर प्रधानले बताए ।

‘मेलामा कपडा, जुत्ता, ह्याण्डी क्राफ्ट, इलेक्ट्रोनिक्स, मोटरसाइकल र होम अप्लाइन्सेजका ७२ स्टलहरु छन् । मेलामा बजारको तुलनामा सस्तोमा स्वदेशी तथा विदेशी ब्राण्डका सामान खरिद गर्न सकिन्छ ।’ प्रधानले भने ।

नेपाल, भारत तथा बंगलादेश लगायत मुलुकका व्यवसायीहरु मेलामा सहभागि छन् ।

राजधानीका साथै राजधानीआसपासकाउपभोक्ताले मेलाबाट लाभलिन सक्ने छन् भने बिक्रेताहरुले पनि एकै स्थानमा फरक किसिमकाउत्पादनबिक्रीगर्न पाउने छन् ।

५० हजार उपभोक्ताले एक्स्पो अवलोकन गर्दै आफुलाई आवश्यकवस्तु खरिद गर्ने आँकलन इभेण्ट सोलुसनको छ । मेलाअसोज १५ गतेसम्मचल्ने छ ।