असोज ११, काठमाण्डौ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालले सरकारको कार्यशैलीको आलोचना गरेका छन् ।
प्रतिनिधीसभाको बिहीबारको बैठकमा बोल्दै नेता नेपालले दुईतिहाइ बहुमतको सरकारको कामबारे जनस्तरमा आलोचना भइरहेको भन्दै चिन्ता व्यक्त गरे । भ्रष्टाचार न्यूनीकरण तथा सुशासन कायम गर्नमा सरकार चुक्दा आलोचना भइरहेको भन्दै मन्त्रीहरुले यो कुराको ख्याल गरेका छन् कि छैनन् भनेर नेपालले प्रश्न गरका छन् ।
नेता नेपालले नेकपाको दुईतिहाइ बहमुतसहितको सरकार हुँदा पनि भ्रष्टाचार घटेर सुशासनको महसुस नभएको जनताले गुनासो गरिरहेको पनि बताए । सरकारको काममा कहीँ न कहीँ त्रुटी भएको औँल्याउँदै नेता नेपालले त्रुटी सच्याउन ढिला गर्न नहुने पनि जोड दिए । नेता नेपाले भौगोलिक अखण्डतामाथि खुलेआमा चुनौती दिइएको भन्दै यसबारे गृहमन्त्रीसंग प्रश्न गरे ।
अहिलेसरकारमाथि जनताको आशा र विश्वास रहेको र सरकारले काम गरोस् भन्ने चाहना रहेको नेता नेपालले बताए ।
नेता नेपालले निजगढ विमानस्थलको प्रसंग निकाल्दै राम्रो काम गर्न खोज्दाखोज्दै पनि त्यहाँ आफ्नो स्वार्थ पूरा गर्ने सम्भावना पनि रहेको बताए । नेता नेपालले निजगढ विमानस्थल निर्माणका लागि बाहिर प्रचार भएजति रुख काट्ने कुरा नभएको जानकारी दिएका छन् ।




प्रतिक्रिया