काठमाण्डौ । सरकारले २० वर्ष पुराना गाडी फेरि सञ्चालन गर्ने दिने भएको छ । पुराना सवारीसाधानले दुर्घटना र प्रदूषण बढाएपछि सरकारले नै डेढ वर्षअघि यस्ता गाडी सञ्चालनमा रोक लगाएको थियो । तर सरकारले डेढ वर्षपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले २० वर्ष पुगेका गाडीहरू काठमाडौं र पोखराबाहेक देशव्यापी चलाउन दिइने निर्णय भएको थियो ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले डेढ वर्र्षअघि सरकारले २० वर्ष नाघेका पुराना सवारी साधनमा रोक लगाएको निर्णय उल्टाएको छ । काठमाडौं र पोखराबाहेक देशव्यापी रुपमा २० वर्ष पुराना सार्वजनिक गाडीहरु चलाउन दिने निर्णय भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले गरेको छ ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव मधुसुदन अधिकारीले २० वर्ष पुगेका थोत्रा गाडीहरू काठमाडौं र पोखराबाहेक देशव्यापी चलाउन दिइने निर्णय सरकारले गरेको जानकारी दिएका हुन् । अधिकारीले विगतमा नबुझेर हतारमा निर्णय गरिएको तर अहिले अध्ययनका क्रममा चलाउन सकिने देखिएको बताएका थिए । विकास तथा प्रविधि समितिको बुधबारको बैठकमा समिति सभापति कल्याणी खड्काले कमिसनले २० वर्षे पुराना गाडी चलाउन खोजिएको हो भन्दै आरोप लगाउँदै मन्त्रालयसँग जवाफ मागेकी थिइन् ।
खड्काको आरोपको खण्डन गर्दै मन्त्रालयका सचिव अधिकारीले कमिसनको खेल नभएको बताएका थिए । अधिकारीले २० वर्ष भएका गाडीहरू काठमाडौं र पोखराबाहेकका स्थानमा गाडी कन्डिसनमा र फिटनेसको आधारमा चलाउन सकिने बताएका थिए ।
सरकारले आफ्नै निर्णय उल्ट्याउँदा नकारात्मक सन्देश जाने मात्र नभै सम्बन्धित निकायका कर्मचारीलाई अनियमितता गर्न बाटो खुल्ने जानकारहरु बताउँछन् । यातायात व्यवस्था विभागका पूर्वमहानिर्देशक शरदचन्द्र पौडेल सवारीसाधनको गुणस्तर जाँच गर्ने प्रभावकारी निकाय नभएको अवस्थामा पुनः २० वर्ष पुराना सवारी साधन प्रयोग गर्न दिँदा कर्मचारीलाई अनियमितता गर्ने अवसर सृजना गर्न सक्छ ।
वातावरण विभागका महानिर्देशक झलकराम अधिकारीले भने पुराना सवारीसाधनले वातावरण र नागरिकको जनजीवनमा प्रतिकूल असर पार्ने बताएका छन् । अधिकारीले पुराना गाडीको देशभर १४ वटा प्रदूषण मापन यन्त्र भएको जानकारी दिए । काठमाण्डौको वातावरण प्रदुषण बढ्नुको मुख्य कारण पनि पुराना सवारी साधनबाट निस्कने प्रदुषण नै हो ।
२०७३ फागुन १७ गतेबाट राजपत्रमा सूचना प्रकाशित गरी २० वर्ष पूरा भएका गाडीलाई सञ्चालन रोक लगाइएको थियो । यसको थप व्यवस्थापनका लागि सवारी तथा यातायात व्यवस्था ऐन २०४९ र सवारी तथा यातायात व्यवस्था नियामवली २०५४, राजपत्रमा प्रकाशित गरी गरेर २० वर्ष पुराना गाडी हटाउने निर्णय गरिएको थियो ।




प्रतिक्रिया