मन्त्रिपरिषदको निर्णयलगत्तै चिनीको मूल्य बढ्यो

0
Shares

काठमाडौं १२ असोज । सरकारले चिनी आयातमा बन्देज लगाएदेखि बजार मूल्य बढ्दै गएको छ । सरकारले बन्देज लगाएको एक सातामा विराटनगरमा चिनीको मूल्य किलोको १५ रुपैयाँ बढेको हो ।

व्यापारीले कृत्रिम अभाव सिर्जना गरी मूल्य बढाएका हुन् । संघीय सरकारको मन्त्रिपरिषदको भदौ ३१ को निर्णयले चिनीको आयातमा असोज ४ देखि परिमाणात्मक बन्देज लगाएको छ । एक साताअघि किलोको ६५ रुपैयाँमा पाइने चिनीको मूल्य अहिले ८० रुपैयाँ पुगेको छ ।

विराटनगरसँगै जोडिएको भारतीय बजार जोगवनीमा प्रतिकिलो ५४ रुपैयाँमा पाइने चिनी उपभोक्ताले यहाँको बजारमा ८० रुपैयाँमा खरिद गर्न बाध्य छन् । –कान्तिपुर दैनिकबाट