मेयरले आफ्नै कार्यालयका लेखा अधिकृतलाई कुटे

0
Shares

काठमाडौं १२ असोज । भंगहा नगरपालिकाका मेयर सञ्जीव साहले हिसाबकिताब नदिएको भन्दै आफ्नै कार्यालयका लेखा अधिकृत पवनकुमार अधिकारीलाई बुधबार कुटपिट गरेको छ । कर्मचारी संगठनहरूले मेयरलाई कारबाही गर्न बिहीबार ज्ञापनपत्र बुझाएका छन् ।

मेयर साहले गत आर्थिक वर्षको भुक्तानी माग गरेपछि आफूले नियमविपरीत हुने जानकारी गराउँदा कुटपिट गरिएको दाबी लेखा अधिकृत अधिकारीले गरे । नयाँपत्रिका दैनिक