ओली–प्रचण्ड नभएको मौकामा माधव नेपालले डाके स्थायी समिति बैठक

0
Shares

काठमाडौं, १२ असोज । सत्तारुढ दल नेकपाका अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड देश बाहिर रहेको मौका छोपेर बरिष्ठ नेता माधव कुमार नेपालले पार्टीको स्थाीय समिति बैठक डाकेका छन् ।

नेता नेपाल सरकारका काम र पार्टी सञ्चालनप्रति असन्तुष्ट छन् । उनले स्थायी समितिको छुट्टै भेला डाकेका छन्। बिहिबारको संसद बैठकमा प्रतिपक्षी नेताजसरी सरकारविरूद्ध खनिएका नेता नेपालले शुक्रबार स्थायी समिति सदस्यहरूसँग छलफल गर्न भेला डाकेका हुन।