माधव नेपालको चियापान झलनाथले बहिष्कार गरे

0
Shares

काठमाडौं, १२ असोज । सत्तारुढ दल नेकपाका बरिष्ठ नेता माधव कुमार नेपालले पार्टी अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड नभएको मौकामा आयोजना गर्ने चियापान समारोहमा अर्का नेता झलनाथ खनाल सहभागी नहुने भएका छन् ।

पार्टी अध्यक्षद्धयसँग असन्तुष्ट रहेका माधव नेपालले हिजोमात्रै प्रतिनिधि सभाको बैठकमा सरकारको कामकारबाहीको कडा आलोचना गरेका थिए । उनले प्रतिपक्षीको पनि मन जित्नेगरि हिजो आफ्नो भनाई राखेका थिए । उनले सुरुमै आफूलाई अहिले सरकार नभएको अनुभुति भएको सुनाएका थिए ।

नेता नेपालले आज आफू निकट नेताहरुसँग छुट्टै छलफल चलाउने उद्देश्यले चियापानको आयोजना गरेको एक नेताले जानकारी दिए । तर, अर्का नेता खनाल भने नेता नेपालसँग असन्तुष्ट छन् ।