नेकपाका नेतृ नै बने अरिङ्गाल, गृहमन्त्रीमाथि यसरी जाइलागे(भिडियोसहित)


असोज १२, काठमाण्डौ । महिला हिंसा, बलात्कार र करणी जस्ता अपराधका घटना बढ्दै गएपछि सरकारमाथि चौतर्फी दबाब सृजना भएको छ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेतृहरुले महिला र बालबालिकामाथि बढ्दो जघन्य अपराधका घटना नियन्त्रणका लागि ठोस कदम चाल्न सरकारलाई दवाव दिएका छन् । गृहमन्त्री रामबहादुर थापाले भने निर्मला पन्तलगायतका घटनाका दोषीलाई पनि छिट्टै कानुनी कठघरामा उभ्याउने आश्वासन दिएका छन् ।

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेतृहरुले महिला र बालबालिकामाथि बढ्दो जघन्य अपराधका घटना नियन्त्रणका लागि ठोस कदम चाल्न सरकारलाई दवाव दिएका छन । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महिला नेतृहरुले गृहमन्त्री रामबहादुर थापासँग सामूहिक भेट गरी महिला तथा बालबालिकामाथि हुने हत्या, बलात्कारलगायतका जघन्य अपराधका घटना हुनै नदिने गरी आवश्यक कदम चाल्न माग गरेका हुन । पीडित पक्षलाई समेत लिएर शुक्रबार बिहान गृह मन्त्रालय पुगेका उनीहरुले पीडितलाई न्याय दिन र पीडकलाई फाँसीको सजाय दिने व्यवस्था गर्न माग गर्दै गृहमन्त्री थापालाई ध्यानाकर्षण पत्र समेत बुझाएका छन ।

बढ्दो महिला तथा बालिकामाथि हुने गरेका हत्या, बलात्कारलगायतका जघन्य अपराधका घटना हुनै नदिने गरी ठोस कदम चाल्न गृहमन्त्री थापालाई ध्यानाकर्षण पत्र बुझाउनु परेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) की नेतृ तथा प्रदेश ३ की सांसद अष्टलक्ष्मी शाक्यले बताइन् । उनले पीडितलाई न्याय दिन र पीडकलाई कडा कानुनी कार्वाही गर्न सरकारलाई गम्भिर बन्न सचेत गराएकी छिन् ।

यता, गृहमन्त्री थापाले पनि महिला र बालबालिकामाथि जघन्य अपराधका घटना हुन नदिन सरकार जिम्मेवार ढंगले लागि परेको दावी गरेका थिए । उनले बढ्दो महिला तथा बालिकामाथि हुने हत्या, बलात्कारलगायतका ९० प्रतिशत घटनाको छानवीन गरी दोषीलाई कार्वाही गरिएको र निर्मला पन्तलगायतका घटनाका दोषीलाई पनि छिट्टै कानुनी कठघरामा उभ्याउने आश्वासन पनि महिला नेतृहरुलाई दिए ।

मुलुकमा महिला र बालिकामाथि हत्या, बलात्कारलगायतका घटना बढदै गएपछि सत्तारुढ दलकै नेताहरुले त्यसलाई नियन्त्रण गर्न सरकारलाई दवाव दिन सुरु गरेका छन । उनीहरुले सो घटनाका सम्बन्धमा गृहमन्त्री थापा गम्भिर नभएको आरोप पनि लगाउँदै आएका छन । विगत ५ महिनायता नेपालमा ७ सय १० वटा जब्बरजस्ती करणीको घटना भएको छ । महिला घरेलु हिंसाका घटना मात्रै ५ हजार ४ सय १७ वटा घटेको सरकारी तथ्यांकमा उल्लेख गरिएको छ ।