असोज १२, न्युयोर्क । प्रधानमन्त्री केपी ओलीलाई अमेरिकामा बसोबास गर्ने नेपालीहरूले कालो झण्डा देखाउनुका साथै उनको विरुद्धमा नारावाजी गरेका छन् ।
संयुक्त राष्ट्र संघको ७३औं महासभामा प्रधानमन्त्री ओलीले सभाहल भित्र सम्बोधन गर्दै गर्दा संघ भवन बाहिर नेपालीहरूले विरोध प्रदर्शन गरेका हुन् ।
उनीहरूले नेपालमा व्याप्त हत्या, हिंसा र बलात्कारको विरोध गर्दै कम्युनिस्ट सरकारले शान्ति स्थापना गर्न नसकेको भन्दै विरोध प्रदर्शन गरेका हुन् ।
ओलीविरुद्ध प्रदर्शनमा उत्रिएका नेपालीहरूले शरीरमा कालो कपडा बेरेर प्रदर्शन गरेका थिए । उनीहरूले ‘हामी न्याय चाहन्छौं’ भन्ने प्लेकार्ड समेत प्रदर्शन गरेका थिए ।
नेपालमा बढ्दै गएको बलात्कार, हत्या र हिंसाविरुद्ध नेपालीहरूले ओलीलाई सचेत गराउन प्रदर्शन गरेको जनाएका छन् ।
बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया किशोरी निर्मला पन्तका हत्यारालाई कारवाही गर्न र दोषीलाई हदैसम्मको कारबाही गर्न पनि उनीहरूले माग गरेका छन् ।




प्रतिक्रिया