काठमाडौं १३ असोज । श्रम सम्झौताको अन्तिम मस्यौदा टुंगो लगाउन नेपाल र मलेसियाका सरकारी अधिकारीहरुबीच शुक्रबार सम्पन्न बैठकमा नेपालले ‘शून्य लागत’ मा कामदार पठाउन गरेको प्रस्तावमा मलेसिया सहमत भएको छ । उक्त विषय मस्यौदामा समावेश गरिएको छलफलमा सहभागी नेपाली प्रतिनिधिमण्डलका एक सदस्यले बताए ।
श्रम सम्झौताको अन्तिम मस्यौदा टुंगो लगाउन नेपाल र मलेसियाका सरकारी अधिकारीहरुबीच शुक्रबार सम्पन्न a}ठकमा नेपालले मूख्यतया ‘शून्य लागत’ मा कामदार पठाउने विषयमा मलेसिया सहमत भएको छ।
दुई देशका प्रतिनिधिमण्डलबीच मलेसियाली मानव संशाधन मन्त्रालयमा भएको उक्त बैठकमा कामदार मलेसिया पठाउँदा लाग्ने सम्पूर्ण खर्च र कामदार मलेसिया आउँदा म्यानपावर कम्पनीलाई तिर्नुपर्ने सेवा शुल्कसमेत मलेसियाली रोजगारदाताहरुले नै ब्यहोर्नेलगायत महत्वपूर्ण विषयहरु मस्यौदामा समावेश गरिएको छ। छलफलमा सहभागी नेपाली कार्यवहाक राजदूत कुमारराज खरेलका अनुसार कामदारका हितमा हुने सामाजिक सुरक्षा, स्वास्थ्यलगायतका विषय मस्यौदामा समावेश भएको छ।
खरेलका अनुसार मलेसिया आउने नेपाली कामदारलाई पारिएको ‘अधिकांश’ आर्थिक भार अब हट्ने छ। यससँगै कामदार मलेसिया आउँदा लाग्ने हवाईटिकट, भिसा शुल्क र स्वास्थ्य परीक्षणलगायतका खर्च पनि मलेसियाली रोजगारदाताले नै ब्यहोर्ने विषय मस्यौदामा समावेश गरिएको बताइएको छ। ‘कामदारको हितमा महत्वपूर्ण मानिएका धेरैजसो विषयहरु मस्यौदापत्रमा समावेश भएको छ’ खरेलले कान्तिपुरसित भने, ‘कामदार नेपालबाट आउँदा लाग्ने आर्थिक खर्च सबै रोजगारदाताले नै ब्यहोर्ने भएका छन्। यसलाई महत्वपूर्ण मान्नुपर्दछ।’ उनका अनुसार मस्यौदामा कामदारका हितमा हुने सामाजिक सुरक्षा, स्वास्थ्यलगायतका विषय समावेश गरिएका छन्।
मलेसियाले गत सन् २००१ देखि औपचारिक रुपमा नेपाली कामदार लिन थालेको हो। त्यसयता करिब १७ वर्षपछि शुक्रबार दुई देशका प्रतिनिधि अन्तिम मस्यौदाको टुंगो लगाउन सफल भएका हुन्। पुत्राजयामा बिहान १० बजेदेखि सुरु भएको बैठक बेलुका करिब साढे ७ बजेसम्म चलेको थियो। यसअघि तीन पटक अदानप्रदान भइसकेको प्रस्तावित मस्यौदामाथि करिब ८ घण्टा छलफल भएपछि टुंगो लगाइएको हो। कान्तिपुरबाट




प्रतिक्रिया