धमलाको ‘अनुराग’ हेर्न मन्त्रीहरु कुमारी हलमा

0
Shares

काठमाडौं, १३ असोज । हिजोदेखि अल नेपाल प्रदर्शनमा आएको पत्रकार ऋषि धमलाको नेपाली कथानक चलचित्र ‘अनुराग’ हेर्न आज शनिबार नेपाल सरकारका मन्त्रीहरु कुमारी हलमा पुगेका छन् ।

कृषिमन्त्री चक्रपाणि खनाल ‘बलदेव’ र संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री रविन्द्र अधिकारी धमलाद्धारा निर्मित चलचित्र अनुराग हेर्न कुमारी हल पुगेका हुन् ।

पत्रकारले मुभी बनाउनु खुशीको खबर भएको बताउँदै मन्त्रीद्धयले आफूहरु धमलाले बनाएर र त्यसमा पनि धमलाकी पत्नीको मुख्य भूमिका रहेको थापा पाएर हेर्न आएको संक्षिप्त प्रतिक्रिया दिए ।

सांगीतिक प्रेमकथा बताइएको ‘अनुराग’ शुक्रबार रिलिज भएको हो । पत्रकार ऋषि धमलाले निर्माण गरेको फिल्ममा उनकी श्रीमति एलिजा गौतम र नायक समुन्द्र पण्डितको शीर्ष भूमिका छ । एलिजा र समुन्द्रले यही फिल्मबाट अभिनयमा ‘डेब्यु’ गरेका हुन्।

निर्देशक सत्यराज चौलागाईको  पनि ‘डेब्यु’ निर्देशन रहेको फिल्ममा ठिलेंन लामा, सरोज खनाल, रुपा राना, राजाराम पौडेल, शिशिर राना, मोहन निरौला, विश्व बस्नेतको पनि अभिनय छ । सत्यराज चौलागाईं र आगत केसीको पटकथा तथा संवाद रहेको फिल्ममा भरत गौतम र गीता भेटवाल निर्माता छन्।