कांग्रेस नेता चन्द्र भण्डारीले पहिलोपटक नेपाली चलचित्र हलमा हेरे, ‘अनुराग’ हेर्न दर्शकको घुईँचो (फोटोसहित)

0
Shares

काठमाडौं, १३ असोज । हिजोबाट अल नेपाल प्रदर्शनमा आएको पत्रकार ऋषि धमलाको नेपाली कथानक चलचित्र ‘अनुराग’ले आज दोस्रो दर्शकको राम्रो साथ पाएको छ । म्युजिकल लभस्टोरी रहेको चलचित्रले युवा पुस्ताकोमात्रै नभएर नेतादेखि मन्त्रीसम्मको मन जित्न सफल भएको छ ।

धमलाले नै चलचित्र बनाएको र उनकी श्रीमतीको मुख्य अभिनय रहेकोले आफू हलमै चलचित्र हेर्न आएको कांग्रेस नेता चन्द्र भण्डारीले प्रतिक्रिया दिए । उनले भने,‘मैले अहिलेसम्म नेपाली चलचित्र हलमै आएर हेरेको छैन, ऋषिजीको यो चलचित्र अनुराग नै मेरो हलमा हेरेको पहिलो चलचित्र हो । देशकै चर्चित पत्रकारले यसरी मुभी बनाएपछि म हेर्न आएको हुँ ।’

चलचित्र निर्माण गरेको सुरुदेखिनै यसले असाध्यै माया पाएको बताउँदै उनले चलचित्र सफल हुनेमा आफू विश्वस्त रहेको बताउँदै सफलताको लागि ुशुभकामना समेत दिए ।

सांगीतिक प्रेमकथा बताइएको ‘अनुराग’ शुक्रबार रिलिज भएको हो । पत्रकार ऋषि धमलाले निर्माण गरेको फिल्ममा उनकी श्रीमति एलिजा गौतम र नायक समुन्द्र पण्डितको शीर्ष भूमिका छ । एलिजा र समुन्द्रले यही फिल्मबाट अभिनयमा ‘डेब्यु’ गरेका हुन्।

निर्देशक सत्यराज चौलागाईको पनि ‘डेब्यु’ निर्देशन रहेको फिल्ममा ठिलेंन लामा, सरोज खनाल, रुपा राना, राजाराम पौडेल, शिशिर राना, मोहन निरौला, विश्व बस्नेतको पनि अभिनय छ । सत्यराज चौलागाईं र आगत केसीको पटकथा तथा संवाद रहेको फिल्ममा भरत गौतम र गीता भेटवाल निर्माता छन्।