काठमाडौं, १३ असोज । पत्रकार ऋषि धमलाद्धारा निर्मित नेपाली कथानक चलचित्र ‘अनुराग’ हेर्न विभिन्न दलका नेताहरु, मन्त्रीहरु तथा पूर्वप्रधानमन्त्रीहरु हलमै पुगेका छन् ।
हिजोबाट अल नेपाल रिलिज भएको ‘अनुराग’ले दर्शकको उल्लेखनीय साथ पाएको छ । पत्रकार धमलालाई माया गर्ने दर्शकहरुले हलमै पुगेर अनुराग हेरेका हुन् ।
आज विहान अनुराग हेर्न मन्त्रीहरु चक्रपाणि खनाल ‘बलदेव’ र रविन्द्र अधिकारी कुमारी हलमा पुगेका थिए । उनीहरुले चलचित्र अत्यन्तै राम्रो बनेको मन्त्रीहरुको प्रतिक्रिया थियो ।
अहिले ३ बजेको शो हेर्न सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का बरिष्ठ नेता एवम् पूर्वप्रधानमन्त्री झलनाथ खनाल सिटी सेन्टरमा रहेको बिग मुभिजमा पुगेका छन् । खनालले चलचित्रकी नायिका एलिजा गौतमसँगै बसेर मुभी हेरेका छन् । साथमा, पत्रकार ऋषि धमलापनि छन् ।
सांगीतिक प्रेमकथा बताइएको ‘अनुराग’ शुक्रबार रिलिज भएको हो । पत्रकार ऋषि धमलाले निर्माण गरेको फिल्ममा उनकी श्रीमति एलिजा गौतम र नायक समुन्द्र पण्डितको शीर्ष भूमिका छ । एलिजा र समुन्द्रले यही फिल्मबाट अभिनयमा ‘डेब्यु’ गरेका हुन्।
निर्देशक सत्यराज चौलागाईको पनि ‘डेब्यु’ निर्देशन रहेको फिल्ममा ठिलेंन लामा, सरोज खनाल, रुपा राना, राजाराम पौडेल, शिशिर राना, मोहन निरौला, विश्व बस्नेतको पनि अभिनय छ । सत्यराज चौलागाईं र आगत केसीको पटकथा तथा संवाद रहेको फिल्ममा भरत गौतम र गीता भेटवाल निर्माता छन्।




प्रतिक्रिया