असोज १३, काठमाण्डौ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) चरम गुटबन्दीमा फसेको छ । नेकपाभित्र अहिले पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी ओली गुट, अर्का अध्यक्ष पुष्पकमल दाहाल गुट, बरिष्ठ नेता माधव कुमार नेपाल गुट लगायत आधा दर्जन बढी गुट सक्रिय छन ।
पछिल्लो अवस्थामा प्रदेश पदाधिकारीको चयनको विषयमा असन्तुस्टि जनाउदै आएको माधव नेपाल समुहले आफ्नो समुहको छुटै भेला नै वोलाएर रणनीति तयार गरेपछि नेकपा विवाद सतहमा आएको हो ।
संसदमा भन्डै दुइतिहाई बहुमतको हाराहारीमा जितेको नेकपाले अहिले सरकारको नेतृत्व गरिरहेको छ । तर पार्टीभित्र एकिकरण अघिदेखि रहेको विभिन्न गुटको तुस अहिले मौलाईरहेको छ । नेकपामा अध्यक्ष एवम प्रधानमन्त्री केपी ओलीको गुट सबैभन्दा बलियो गुट मानिन्छ । ओलीलाई नेताहरु विष्णु पौडेल, सुवास नेम्वाङ, प्रदीप ज्ञवाली, विष्णु रिमाल, राजन भटटाराई र पृथ्वी सुब्बा गुरुङलगायतले साथ दिएका छन । यो गुट स्थायी जस्तै सधै ओलीको पक्षमा वकालत गर्ने गुट हो ।
अर्का अध्यक्ष पुष्पकमल दाहालको गुटमा वर्षामान पुन, अग्नि सापकोटा, हरिवोल गजुरेल, जनार्दन शर्मा, शतिm बस्नेत, चक्रपाणी खनाल लगाएतका पुर्व माओवादी नेताहरुको बाहूल्यता छ । माधव कुमार नेपाल गुटमा भीम रावल, युवराज ज्ञवाली, अस्टलक्ष्माी शाक्य, अमृत बोहोरा, योगेस भट्टराइ, सुरेन्द्र पाण्डे, घनाश्याम भुषाल लगाएतको बाहुल्यता छ । वामदेव गौतम गुटमा रघुुवीर महासेठ, रविन्द्र अधिकारी, यमलाल कडेल, दलवहादुर राना र किरण गुरुङको साथ छ । नाराणकाजी श्रेष्ठ गुटमा गिरिराजमणि पोखरेल, विश्वनाथ शाह गिरिधारीलाल न्यौपाने लगायत छन् ।
रामवहादुर थापा गुटमा देव गुरुङ, पम्फा भुषाल, कुलप्रकाश केसी, सावीत्रीकुमार काफ्ले र अमृता थापाको साथ छ । वरिष्ठ नेता झलनाथ खनालले पनि एकता प्रकृयादेखि नै असन्तुष्टी जनाउँदै गुट निर्माणका लागि कसरत गरिरहेका छन् । केही दिनअघि प्रदेश पदाधिकारीको चयनको विषयमा असन्तुष्टी जनाउँदै आएको नेपाल समुहले आफ्नो समुहको छुटै भेला नै बोलाएर रणनीति तयार गरेपछि नेकपा विवाद सतहमा आएको छ ।
कतिपय अवस्थामा नेकपाका गुट बन्दै भत्कदै समेत गरेका छन । यसले गर्दा सत्तारुढ दलमा देखिएको गुट, उपगुट र सहगुटको प्रभाव सरकारमा समेत देखिएको छ । गुटकै कारण आफू वरियाँतामा माधव नेपालभन्दा पछि परेको गुनासो गर्दै आएका नेता खनालले सरकारको कडा आलोचना गर्ने गरेका छन् । खनालले त प्रधानमन्त्री ओलीलाई काम गर्न सिकाउनु पर्ने अवस्था आएको टिप्पणी गरे ।
नेकपाका केन्द्रदेखि गाउँ स्तरका नेता कार्यकर्तामा कुनै न कुनै गुटका नेताको आर्शिवाद विना अगाडी बढन नसकिने अवस्था छ । नेपालको कम्युनिष्ट आन्दोलनमा विद्यावारिधी गरेका प्रांध्यापक डा. सुरेन्द्र केसीका शब्दमा नेकपाका अध्यक्ष एव प्रधानमन्त्री ओलीले पदीय व्यवस्थापन गर्न नसक्दा गुट मौलाएको हो । सबै नेताहरु पदखोर भएकाले शीर्ष नेताको शरणमा आश्रित हुने गरेको केसीको तर्क छ ।
पार्टीमा बढदो गुटवन्दी कै कारण सरकारले प्रभावकारी भुमिका खेल्न नसकेको अवस्था छ । विपक्षीको प्रतिरक्षा गर्न प्रधानमन्त्री ओलीले नै कार्यकतासँग गुहार माग्ने अवस्था समेत आएको छ । सत्तारुढ दलको कमजोर अवस्था देखेर प्रमुख प्रतिपक्षी दल नेपाली कग्रेसले सरकारलाई कडा दवाव दिदै आएको छ ।




प्रतिक्रिया