Logo

बेपत्ता परिवारको छानबिनका लागि अनुसन्धान शुरु



बाँके । सशस्त्र द्वन्द्वका क्रममा बेपत्ता भएका नागरिकको छानबिनका लागि न्यायिक प्रक्रिया अघि बढने भएको छ । बेपत्ता पारिएका व्यक्तिहरुको छानबिनका लागि बेपत्ता आयोगले अनुसन्धान शुरु गरेको हो ।

अनुसन्धानका क्रममा आयोगको टोली पश्चिम भ्रमणमा आएको छ । टोलीले शनिबार नेपालगञ्जमा विभिन्न सरोकारवालासँग छलफल गरेको छ । छलफलमा सहभागी द्वन्द्व पीडितले आफूहरुलाई सरकारले उपेक्षा गरेको गुनासो गर्दै मुलुक परिवर्तनका लागि द्वन्द्व पीडितको बलिदानलाई राज्यले अहिलेसम्म सम्बोधन गर्न नसकेको भन्दै दुःख व्यक्त गरेका थिए ।

छलफलमा आयोगका प्रवक्ता डा विष्णु पाठकले बेपत्ता पारिएका व्यक्तिका बारेमा आवश्यक अनुसन्धान प्रक्रिया शुरु भएकाले अब पीडितले छिट्टै न्याय पाउने विश्वास दिलाए । रासस



प्रतिक्रिया दिनुहोस्