काठमाडौं, १४ असोज । राष्ट्रिय सभागृहमा महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालयको मुख्य आयोजना तथा युनिसेफलगायत गैरसरकारी संस्थाहरुको आयोजनामा आयोजित दोस्रो बालिका सम्मेलनमै बालबालिकासम्बन्धी विद्येयक–२०७५ च्यातिएको छ ।
कार्यवाहक प्रधानमन्त्री ईश्वर पोखरेल प्रमुख अतिथि रहेको उक्त कार्यक्रमको प्यानल सवालजवाफ कार्यक्रममा बालअधिकार अभियन्ता प्रविण सिलवालले खरो प्रश्न तेर्साएपछि सभाहल तात्तिएको सहभागीहरुको भनाई छ । बोल्दाबोल्दै माईक काटिएपछि अभियानकर्ता धिरज जोशी र प्रविण सिलवालसहित अन्य अभियन्ताहरुले स्टेजतर्फ बडेर बालबालिकासम्बन्धी विद्येयक, सार्कस्तरीय बालबालिकासम्बन्धी रिपोर्टहरु र अन्य नीति तथा कार्यक्रम च्यातिएको थिया ।
अहिलेको बालबालिकासम्बन्धी विद्येयक–२०७५ ले बालश्रमलाई कसुरको रुपमा नलिएको, बालबालिकाको श्रममा राख्ने उमेरहद घटाएर १४ वर्ष बनाएको र श्रमिक बालबालिकाको उद्धार र व्यवस्थापन गर्न राज्यपक्ष र गैसस पक्षको भूमिका कमजोर बनाईएकोप्रति उनीहरुको गम्भिर आपत्ति थियो ।
देशमै निर्मला पन्तलगायत किशोरीहरुको न्यायको लागि बोल्न नसक्ने तर डलरको निम्ति सरकारले काठमाडौंमा महँगो कार्यक्रमको आयोजना गरेको पनि आरोप उनीहरुले लगाएका थिए ।
उक्त अभियान बालश्रम र समग्र बालअधिकारका क्षेत्रमा परिणाममुखी कार्यक्रम सञ्चालनकानिमित्त सरोकारवालाहरुलाई निरन्तर देशव्यापी आवाज उठाउँदै आईरहेको छ ।
कार्यक्रममा अभियानका अर्का वक्ता राजाराम बस्नेतले आफू ७ वर्षको उमेरदेखि श्रममा रहेको र श्रमको पीडा भोग्नेलाईमात्रै थाहा हुने भन्दै हाल आएको विद्येयकले बालश्रमलाई कानुनी रुपमा खुला गरेकोप्रति आपत्ति जनाएका थिए ।




प्रतिक्रिया