काठमाडौं, १४ असोज । निर्मला हत्या प्रकरणको छानबिनका लागि गठित उच्चस्तरीय समितिका सदस्य वीरेन्द्र केसीमाथि कैलालीको धनगढीमा आक्रमण भएको हो।
७ नम्बर प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्रालयका उपसचिव समेत रहेका केसी चढेको गाडीमाथि मोटरसाइकलमा आएको २ जनाले ढुंगा प्रहार गरेको प्रहरीले जनाएको छ।
काठमाडौंबाट धनगढी गएका केसीमाथि धनगढीको गेटा विमानस्थलबाट मन्त्रालय जाने क्रममा बाटोमा आक्रमण भएको हो। केसी चढेको बा १ झ ९७०३ नम्बरको गाडीमाथि पछाडिबाट आक्रमण भएको र आक्रमणकारीको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ। केसीको सुरक्षामा २ जना सुरक्षाकर्मी पनि थिए।




प्रतिक्रिया