एसीसी यू–१९ एसिया कप क्रिकेट : नेपाल अफगानिस्तानसँग पराजित


काठमाडौं, १५ असोज । बंगलादेशमा जारी एसीसी यू–१९ एसिया कप क्रिकेटमा नेपाल अफगानिस्तानसँग ३ विकेटले पराजित भएको छ।

बिकेएसपी फोर मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको नेपालले ३८.३ ओभरमा सबै विकेट गुमाउँदै १३१ मात्र बनाएको थियो। जवाफी व्याटिङ गरेको अफगानिस्तानले ३७.३ ओभरमा ७ विकेट गुमाउँदै १३२ रनको विजय लक्ष्य पुरा ग-यो।

अफगानिस्तानका लागि रहमानउल्लाह गुरबाजले सर्वाधिक २६ रन बनाए। अजमतउल्लाह ओमारजै र आरिफ खानले २३–२३, इजाजले १६, रियाज हुसन ११ र मोहम्मद इस्कले १० रन जोडे। नेपालका सूर्य तामाङले ४ विकेट लिए भने रसिद खान, सागर ढकाल र पवन सर्राफले समान १–१ विकेट लिए।