असोज १५, काठमाण्डौ । २०६८ सालको जनगणना अनुसार नेपालमा कुल जनसङख्याको ९ प्रतिशत अर्थात २५ लाख जेष्ठ नागरिक रहेका छन । विश्वमा ६० बर्ष उमेर पुगेका मानिसको सङख्यामा ७६ करोड रहेको छ । ठूलो संख्यामा रहेका जेष्ठ नागरिकहरुमा उमेर बढेसंगै शारिरीक र मानसिक समस्याहरु पनि थपिदै जाने गरेको छ । त्यसैले यो बेला उनीहरु अरुबाट विशेष भूमिकाको आशा गर्ने गर्छन् ।
नेपालमा ६० बर्ष उमेर पुगेका नागरिकलाइ जेष्ठ नगरिक भन्ने गरिन्छ । नेपालको संविधानले पनि वृद्धवृद्धाको सामाजिक सुरक्षाको ग्यारेन्टी गर्ने प्रतिवद्धता जनाएको छ भने उनीहरु प्रति सम्मान दर्शाउने समेत उल्लेख छ । तर, संविधानले यसो भने पनि परिवार तथा समाजबाट नै वृद्धवृद्धाका अपहेलित हुने क्रम बढेको छ । उनीहरुलाई अपहेलित गर्नुको मुख्य कारण शारीरिक र मानसिक स्वास्थ्यमा आउने विभिन्न खालका समस्या हुन् ।
डा.रमेश कडेलका अनुसार क्यान्सरजन्य रोग पनि प्रमुख रोग हो यस मानिसमा भन्दा बढी जेष्ठ नागरिकलाई लाग्दछ । उमेरकै कारणले लाग्ने रोगमा अल्जाइमर, क्यानसरजन्य रोग, आखाको मोति विन्दु, भोक नलाग्ने कान कम सुन्ने, निन्दा्र नलाग्ने, जस्ता रोग लाग्ने जेष्ठ नागरिक तथा अल्जाइमर रोग विशषेज्ञ रमेश कडेल बताउँछन् ।
डा.रमेश कडेलका अनुसार ६० बर्ष कटेपछि बा त्यो भन्दा अगाडि लाग्ने रोगका नियन्त्रणका लागि समयमै सचेत रहन आवश्यक देखिन्छ । आजभोलि प्रया जसो व्यतिmलाई उच्च रक्तचाप देखिन्छ । उच्च रक्तचापलाइ कम गर्न सकियो भने त्यसबाट हुने जटिलताबाट जोगिन सकिन्छ । ३०–४० बर्षको उमेरमा गरिएको धुम्रपान र मद्यपानको कारणले पनि बृदअवस्थामा श्वासप्रश्वास सम्वन्धि रोग फोक्सोको क्यान्सर हुने सम्भावना धेरै हुन्छ । त्यसैले यस्तो अवस्थामा आफो खानपिनमा र शारिरिक व्ययायममा विषेश ध्यान दिनु जरुरी रहेको चिकित्सकहरु बताउँछन् ।
वृद्ध अवस्थामा पुगेका हरेक व्यक्तिलाई परिवारका सदस्यको विशेष माया, सम्मान र हेरचाह आवाश्यक पर्छ । जसरी एउटा नवजात शिशुको स्याहारमा आमा बुवाले ध्यान दिन्छन् । त्यसैगरि वृद्धवृद्धाको स्याहारमा उनीहरुका सन्ताले दिन आवाश्यक छ । उनीहरुलाई यो समयमा एकान्त मन पर्ने कोलाहल सहन नसक्ने हुने भएकाले पनि सोही अनुसारको शान्त वातावरण तयार गर्न सन्तानहरुले ध्यान दिनु पर्ने चिकित्सकहरु बताउँछन् ।




प्रतिक्रिया